प्रधानमन्त्री देउवा र मंगोलियाका राष्ट्रपतिबीच भेटवार्ता

मंगलबार, कात्तिक १६, २०७८

काठमाडौं :  प्रधानमन्त्री शेरबहादुर देउवा र मंगोलियाका राष्ट्रपति उखना खुरेलसुखबीच साइडलाइन वार्ता भएको छ ।

स्कटल्याण्डको ग्लास्गोस्थित जलवायुसम्बन्धी विश्व सम्मेलन (कोप-२६) मा सहभागी प्रधानमन्त्री देउवाले मंगलबार मंगोलियाका राष्ट्रपतिसँग भेट गरेका हुन् ।

भेटमा द्विपक्षीय सम्बन्ध, घनिष्ठ सांस्कृतिक आत्मियता लगायत विषयमा दुई नेताबीच छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित मिति: मंगलबार, कात्तिक १६, २०७८  १९:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार