राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्री नियुक्त, ३ बजे शपथ 

मंगलबार, कात्तिक १६, २०७८

विराटनगर । नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्र राई प्रदेश १ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश १ का प्रदेश प्रमुख सोनाथ अधिकारी प्यासीले मंगलबार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।  नवनियुक्त मुख्यमन्त्री राईको मंगलबार अपरान्ह ३ बजे शपथ ग्रहण हुने प्रदेश प्रमुखको कार्यालयका शाखा अधिकृत विमल पौडेलले न्युज कारखानालाई जानकारी दिए । नवनियुक्त मुख्यमन्त्री राईले मंगलबारै पाँच सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् । 

प्रकाशित मिति: मंगलबार, कात्तिक १६, २०७८  १३:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार