ओलीसँग कुरा मिलेपछि प्रभु साहको पहिलो सम्बोधन 

सोमबार, कात्तिक १५, २०७८

चितवन :  माओवादी परित्याग गरेर एमालेमा प्रवेश गरेका प्रभु साहले अध्यक्ष केपी ओलीसँग कुरा मिलेपछि सोमबार पहिलो पटक पार्टी कार्यक्रममा सम्बोधन गरेका छन् । 

माओवादी परित्याग गरेर आए पनि उचित व्यवस्थापन गर्न नसकेको भन्दै साह अध्यक्ष ओलीसँग असन्तुष्ट थिए । गत विधान महाधिवेशनमा समेत सहभागी नभएका साह हालै अध्यक्ष ओलीसँगको छलफलपछि कार्यक्रममा देखिएका हुन् । 

सोमबार चितवनको भरतपुरमा आयोजित भरतपुर महानगरको प्रथम अधिवेशनलाई साहले सम्बोधन गरेका हुन् । अध्यक्ष ओलीसहित सहभागी सो कार्यक्रममा सम्बोधन गरेर एमालेभित्र देखिएको असन्तुष्टि समाधान भएको सन्देश दिएका छन् । 

साहनिकट दुई नेतालाई अध्यक्ष ओलीले केन्द्रीय सदस्यमा मनोनित गरेका थिए । 

प्रकाशित मिति: सोमबार, कात्तिक १५, २०७८  १९:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार