कर्णाली प्रदेशकाे मन्त्रिपरिषद् बैठक बस्दै, आजै मुख्यमन्त्री शाहीले राजीनामा दिन सक्ने

सोमबार, कात्तिक १५, २०७८

सुर्खेत । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठक सोमबार ५ बजे बस्ने भएको छ । गत ३ वैशाखमा विश्वासको मत लिँदा कांग्रेससँग ६ महिनापछि सत्ता हस्तान्तरण गर्ने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सहमति गरेका थिए । साेही सहमतिअनुसार राजीनामा आउन सक्ने स्रोत बताएको छ । मुख्यमन्त्री शाहीका राजनीतिक सल्लाहकार भीमप्रसाद शर्माले कांग्रेसले सहमति कार्यान्वयन गर्न जोड दिएको र केन्द्रीय सत्ता गठनबन्धनको कुनै निर्देशन नआएको अहिले एकिन भन्न नसकिने बताए । कर्णाली प्रदेश सरकारको आज साँझ ५ बजे मन्त्रिपरिषदको बैठक बस्ने र मुख्यमन्त्री शाहीकाे राजीनामा आउन सक्ने स्रोतले जानकारी दिएको छ । कांग्रेसबाट जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने चर्चा छ । 

प्रकाशित मिति: सोमबार, कात्तिक १५, २०७८  १५:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार