एमाले महाधिवेशन : तेह्रथुममा ४३ मध्ये ३९ वडाको सम्पन्न

सोमबार, कात्तिक १५, २०७८

तेह्रथुम । एमाले तेह्रथुमले एक साता बितिसक्दा पनि वडा अधिवेशन सम्पन्न गर्न सकेको छैन  । एमालेले ६ कात्तिकमा देशैभरको वडा अधिवेशन तोके पनि तेह्रथुममा बाढीपहिरोले गर्दा समयमै अधिवेशन सम्पन्न गर्न नसकेको जनाएको छ । जिल्लाको कतिपय वडाहरू दुर्गममा छन्।  गाउँगाउँमा सडक अवरुद्ध भएकाले ४३ मध्ये  ३९ वटा वडामा अधिवेशन सम्पन्न भएको छ । गत ६ कात्तिकबाट सुरु भएको वडा अधिवेशन आइतबारसम्म ३९ वटा वडामा सम्पन्न भएको हो । जिल्लाको ६ वटा स्थानीय तहमध्ये म्याङलुङ नगरपालिकाको १० र मेन्छ्यायेम गाउँपालिकाको ६ वटै वडामा अधिवेशन सम्पन्न भएका छन् । छथर गाउँपालिकामा ६ मध्ये  एक, लालिगुराँस नगरपालिकामा नाैमध्ये एक, फेदाप गाउँपालिकामा पाँचमध्ये एक  र आठराई गाउँपालिकामा सातमध्ये एक वडामा बाँकी रहेको एमाले तेह्रथुमका जिल्ला कमिटी सदस्य तथा कार्यालय सदस्य प्रेमराज फोम्बोले जानकारी दिए । जिल्लाको ३७ वटा वडामा सर्वसम्मत नेतृत्व चयन गरेको एमालेले तीनवटा वडामा निर्वाचनमार्फत नेतृत्व चयन गरेको छ । छथर गाउँपालिका-५ र आठराई गाउँपालिका-४ मा निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गरेको हो । वडा अधिवेशन आगामी १७ गतेसम्म सम्पन्न गर्ने तयारी रहेको बताइएको छ । नेतृत्व चयनमा भने समस्या नरहेको एमाले तेह्रथुमले दाबी गरेकाे छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक १५, २०७८  १२:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार