प्रभु साह एमाले केन्द्रीय समिति बैठकमा सहभागी

शुक्रबार, कात्तिक १२, २०७८

काठमाडौं : नेकपा एमालेको केन्द्रीय समिति बैठकमा प्रभु साह उपस्थित भएका छन् । पछिल्लो समय असन्तुष्ट रहँदै आएका पूर्वमाओवादी नेता साह शुक्रबार च्यासलमा बसेको केन्द्रीय समिति बैठकमा उपस्थित भएका हुन् । 

पछिल्लो समय एमालेसँग असन्तुष्ट रहँदै आएका साह कहिले माओवादी फर्किने त कहिले नेकपा ब्युँताउने भनेर चर्चामा थिए । 

तर अघिल्लो स्थायी कमिटी बैठकले साहनिकट दुई जना कुन्दन कुशबाहा र माेहम्मद समीरलाई अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीमा मनोनित गरेका थिए । ती सदस्यहरुले आजको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीबाट सपथ लिइसकेका छन् । यहीँ केन्द्रीय कमिटी बैठकमा साह पनि उपस्थित भएका हुन् । यससँगै उनी एमालेमै रहेको स्पष्ट भएको छ ।

प्रभु साहले बनाए दुई जनालाई केन्द्रीय सदस्य, ओलीबाट शपथ ग्रहण 

माओवादी परित्याग गरेर एमालेमा आएका प्रभु साहले दुई जनलाई एमालेको केन्द्रीय सदस्य बनाएका छन् ।  आफूनिकट दुई जनालाई केन्द्रीय सदस्य बनाएर अध्यक्ष केपी ओलीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । 

शुक्रबार अध्यक्ष ओलीबाट केन्द्रीय सदस्य पदको कुन्दन कुशवाहा र मोहम्मद समीरले पद तथा गोपनीयताको शपथ लिएका हुन् । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७८  १७:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार