विमलेन्द्र निधिलाई कार्यबाहक सभापतिको जिम्मेवारी

शुक्रबार, कात्तिक १२, २०७८

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति विमलेन्द्र निधिलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् । जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन (कोप २६) मा भाग लिन शुक्रबार बेलायत प्रस्थान गरेका देउवाले १७ कात्तिकसम्मका लागि आफ्नो अनुपस्थितिमा पार्टीका कामकारवाही अघि बढाउन निधिलाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका हुन् । देउवाले निधिलाई पत्र लेखेर आफ्नो अनुपस्थितिमा कार्यवाहक सभापति भएर विधानअनुसार काम गर्न निर्देशन दिएको केन्द्रीय कार्यालय मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए  ।देउवाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँडलाई दिएका छन् ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७८  १३:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार