प्रधानन्यायाधीशविरुद्ध उभिएका न्यायाधीहरू आज पनि इजलास बहिस्कार गर्ने

शुक्रबार, कात्तिक १२, २०७८

काठमाडौं :  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध उभिएका सर्वाेच्च अदालतका न्यायाधीशले इजलास बहिस्कारलाई निरन्तरता राख्ने भएका छन् ।

प्रधानन्यायाधीश जबराले मार्गप्रशस्त गर्नुपर्ने माग गर्दै आएका सर्वोच्चका न्यायाधीशहरू आज पनि आन्तरिक छलफलमा रहने एक न्यायाधीशले जानकारी दिए । 

न्यायाधीशहरू यसअघि प्रधानन्यायाधीशले तोकका पेसी र इजलासमा बसेका छैनन । 

तर, आफू पक्षीय केही न्यायाधीशसहित इजलासमा जाने रणनीतिमा प्रधानन्यायाधीश छन् ।  जबराको राजीनामा माग्दै आएको नेपाल बार एसोसिएसनको बैठक पनि आज बस्दैछ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७८  १०:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार