एमाले केन्द्रीय कमिटी बैठक बस्द

शुक्रबार, कात्तिक १२, २०७८

काठमाडौं :  नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक आज शुक्रबार बस्दैछ । बैठक बिहान ११ बजे च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा बस्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

आजको बैठकमा वडा र पालिका अधिवेशन रिपोर्टिङ र समीक्षा हुनेछ । यसैगरी, राष्ट्रिय महाधिवेशन मापदण्ड र कार्यतालिका सम्बन्धि स्थायी कमिटीको निर्णयको अनुमोदन गरिने तामाङले जानकारी दिए । बिहीबार मात्र एमाले स्थायी कमिटी बैठक बसेकाे थियाे ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७८  १०:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार