भारत, अमेरिका र बेलायतका लागि राजदूत सिफारिस

बिहीबार, कात्तिक ११, २०७८

काठमाडौं :  सरकारले विभिन्न देशका लागि राजदूत सिफारिस गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका र बेलायतमा नेपाली राजदूत पठाउन संसदीय सुनुवाइ समितिमा नामहरु सिफारिस गरेको हो । यी देशबाट हालै सरकारले राजदूत फिर्ता बोलाएको थियो ।

स्वास्थ्य मन्त्री विरोध खतिवडाले दिएको जानकारीअनुसार मन्त्रिपरिषद्ले भारतका लागि शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यको नाम सिफारिस गरेको हो ।

संसद अधिवेशन अन्त्य गर्न सिफारिस

सरकारले संघीय संसदको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।  भोलि राति १२ बजेदेखि लागु हुनेगरी बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई  सिफारिस गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले न्युज कारखानालाई जानकारी दिए ।

संघीय संसदको चालु नवौँ अधिवेशन प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण चल्न सकेको छैन । 

सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । 

 

 

प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७८  २०:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार