प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोगबारे गठबन्धनमा छलफल भएकौ छैन : माधव नेपाल

बिहीबार, कात्तिक ११, २०७८

धनगढी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोगबारे सत्ता गठबन्धनमा छलफल नभएको बताएका छन् । आचरणको प्रश्न उठेपछि जबराको राजीनामा मागसँगै महाभियाेग लगाउनुपर्ने आवाज उठिरहेका बेला सत्ता घटक एसका अध्यक्ष नेपालले बिहीबार बिहान धनगढीमा पत्रकारहरूसँग भने, ‘हामीले महाभियोगबारे छलफल पनि गरेका छैनौँ, म बाहिरको बाहिर छु । हाम्रो पाँच दलको बैठक पनि बसेको छैन ।'  केही दिन अघि मात्र एमाले अध्यक्ष केपी ओलीले प्रतिनिधिसभा पुनःस्थापना फैसला गर्ने न्यायाधीशको राजीनामाको माग गरेका थिए । तर,  नेपालले उक्त विषय नाजायज र अनुचित भएको बताए । ओलीको अभिव्यक्ति प्रणालीलाई भत्काउने प्रवृत्तिको उपज भएको नेपालको जिकिर छ । प्रधानन्यायाधीश जबराले मन्त्रिषद्मा भागवण्डा लिएपछि उनीविरुद्ध चर्काे आवाज उठेको हो । सर्वाेच्चकै न्यायाधीशले बेन्च बहिस्कार गरेर उनको राजीनामा मागिरहेका छन् भने नेपाल वार एसोसियन पनि उनीविरुद्ध आन्दोलनमा छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७८  ११:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार