बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न आह्वान, मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको राजीनामा स्वीकृत 

बुधबार, कात्तिक १०, २०७८

मकवानपुर । बागमती प्रदेशको नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्माले भोलि कात्तिक ११ गते अपराह्न ३ बजेसम्मका लागि समयसीमा तोकेका छन् । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज दिएको राजीनामा स्वीकृत भएलगत्तै प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभाको सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्तिका लागि प्रदेश प्रमुख शर्माले बहुमत हस्ताक्षरसहितको दाबी गर्न आह्वान गरेका हुन् ।  उनले नेपालको संविधानको धारा १६९ को उपधारा १ को खण्ड क बमोजिम बहुमत प्राप्त गर्ने प्रदेशसभाको सदस्यलाई मुख्यमन्त्री नियुक्तिको लागि दाबी गर्न आग्रह गरेको प्रदेशसभा सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले जानकारी दिए।  
 

प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७८  १७:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार