नेकपा एसका ३३५ नेताले पाए नयाँ जिम्मेवारी 

बुधबार, कात्तिक १०, २०७८

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीका विभिन्न विभाग र किमिटीहरुमा जिम्मेवारी तोकेको छ । 

३३५ नेतालाई भूगोल र विभागको जिम्मेवारी दिएको सो पार्टीले केन्द्रीय सचिवालय कार्यालय र आयोगहरूलाईसमेत पूर्णता दिएको जनाएको छ । 

केन्द्रीय कमिटी बैठकपछि अन्तरपार्टी निर्देशन जारी गर्दै सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले प्रदेश कमिटीका पदाधिकारीसमेतको टुंगो लागेको जानकारी दिए । 

नेकपा (एस) पायो चुनाव चिन्ह कलम

नेकपा एकीकृत समाजवादीले चुनाव चिन्ह कलम पाएको छ । निर्वाचन आयोगले मंगलबार एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरेको हो ।

नेकपा एकीकृत र नेकपा एकीकृत समाजवादीबी पार्टी एकता भएपछि एकीकृत समाजवादीलाई कलम चुनाव चिन्ह प्रदान गरिएको निर्वाचन आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आयोगले एकीकृत समाजवादीलाई रातो भुइँमा बायाँ भागको माथिल्लो कुनामा सेतो रङको हँसिया र हथौडा खप्टिएको चिन्हलाई पार्टी झन्डाका रूपमा मान्यता दिएको छ ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७८  १७:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार