यसरी थाहा पाउनुस् नेपालको नापतौल 

आइतबार, असोज १७, २०७८

काठमाडौं । आफूलाई थाहा भएको र नभएको वस्तुबीच तुलना गरी आफूलाई थाहा नभएको परिमाण पत्ता लगाउने प्रक्रियालाई नाप भनिन्छ । नापताैलबिना केही पनि किन्न पाईँदैन । हरेक कुरा किन्दा नापलाई आधार बनाएर पैसा तिर्ने अथवा साट्ने कार्य गरिरहेका हुन्छौँ । हाम्रो जीवनमा नापको महत्त्व धेरै छ। 

दैनिक जीवनमा प्रयोग हुने केही नाप यस प्रकार छन्ः

१ किलोग्राम काठमाडाै‌ंमा : ५ पाउ, तराईमा : ४ पाउ । १ धार्नी : २ किलो ३९२ ग्राम 
१ पाउ : १९९ ग्राम
१ तोला : ११.६६३८ ग्राम
१ किलोमिटर : १०९३ गज १ फूट १० इन्च । १००० मिटर
१ इन्च : २.५४ सेन्टिमिटर । १ गज : ९१.४ सेन्टिमिटर । १ किलोलिटर : १००० लिटर । १० मुरी : १९ पाथी ७ माना ३ चौथाइ । १ लिटर : १००० मिलिलिटर
१ पाथी : ४ लिटर ५४६ मिलिलिटर
१ माना : ५६८ मिलिलिटर
 १ ब्यारेल : १४२ लिटर
 १ ग्यालेन : ४.५४३५९ लिटर
१ माइल : १.६१ किलोमिटर

कति नाप बराबर कति जग्गा ?

१ दाम : २१.३९ (वर्गफुट) ४.६२/४.६२ (फुट) 
४ दाम : ८५.५६ (वर्गफुट) १ (पैसा) ९.२५/९.२५ (फुट)
४ पैसा : ३४२.२५ (वर्गफुट) १ (आना) १८.५/१८.५ (फुट)
१६ आना : ५४७६ (वर्गफुट) १ (रोपनी) ७४/७४ (फुट)
१.४ धुर : ४५.५६२५ (वर्गफुट) ६.७५/६.७५ (फुट)
१ धुर : १८२.२५ (वर्गफुट) १३.५/१३.५ (फुट)
२० धुर : ३६४५ (वर्गफुट), १ (कठ्ठा) ५४/६७.५ (फुट)
२० कठ्ठा : ७२९०० (वर्गफुट), १ (बिघा) २७०/२७० (फुट) ८१८८१ (मिटर) 
१ हेक्टर : ११११०९.९९ (वर्गफुट) । १.५२ (बिघा) १००/१०० (मिटर) । २.०३ (रोपनी) । ३३३.३३/३३३.३३ (फुट) 

 

प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  १२:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार