प्रतिपक्षी दल एमालेको विरोधका बीच प्रतिनिधिसभाको बैठक सुरू

बिहीबार, असोज ७, २०७८

काठमाडौँ । प्रतिपक्षी दल (एमाले) को विरोधका बीच प्रतिनिधिसभाको बैठक सुरू भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको घोषणा गर्नासाथ एमालेका सांसदहरू ‘बेल’ घेर्न पुग्नुभएको थियो ।  सभामुखले बैठक सुचारु गर्नका लागि विपक्षी दलका सांसदलाई आग्रह गर्दा पनि अवरोध कायमै रहेका बेला  बैठकको कार्यसूचीका विषय अगाडि बढाएका थिए । आजको बैठकमा ‘आर्थिक विधेयक, २०७८’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७८’ माथि छलफल गरी पारित गर्ने कार्यसूची  छ । 

प्रकाशित मिति: बिहीबार, असोज ७, २०७८  १५:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार