राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
धर्म/संस्कृति
थप
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
गृहपृष्ठ
राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
थप
धर्म/संस्कृति
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
सोसल मिडिया
Contact Us
युनिकोड
Weather Update
विशेष
गण्डकीकाे संचार विधेयक : मिडिया अनुगमनको अधिकार सचिवलाई
गण्डकीकाे संचार विधेयक : मिडिया अनुगमनको अधिकार सचिवलाई
शब्दपाटी
मंगलबार, भदौ २९, २०७८
मंगलबार, भदौ २९, २०७८
पोखरा : गण्डकी सरकारले आमसंचार विधेयक प्रदेशसभामा टेबुल गरेको छ । कानुन, संचार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले विधेयक टेबुल गरेका हुन् । प्रस्तावित विधेयकले संचार समन्वय समितिदेखि प्रेस रजिस्ट्रार र कारबाही गर्ने अधिकारीको व्यवस्था गरेको छ । विधेयकमा मन्त्रीको संयोजकत्वमा संचार समन्वय समिति गठन गर्ने व्यवस्था राखिएको छ । समितिले आमसंचारबारे नीतिगत विषयमा प्रदेश सरकारलाई सुझाव दिनेछ । यस्तै, प्रेस रजिस्ट्रारको व्यवस्था पनि उल्लेख छ । आमसंचारसम्बन्धी व्यवस्थापन गर्न एक जना प्रेस रजिस्ट्रार नियुक्त गर्ने व्यवस्था विधेयकमा छ । स्नातक पास गरेको, प्रेस प्रतिनिधि प्रमाणपत्र प्राप्त गरेको कम्तीमा १० वर्ष पुगेको र ३० वर्ष पुगेको नेपाली नागरिक रजिस्ट्रारमा नियुक्त हुन सक्ने व्यवस्था छ । रजिस्ट्रारलाई मन्त्रालय समक्ष कार्यक्रम प्रस्ताव गर्ने, आमसंचार माध्यमको संचालन अनुमतिपत्र प्रदान गर्ने अधिकारको व्यवस्था गरिएको छ । १०० देखि एक हजार वाटसम्मको एफएम रेडियोको संचालन इजाजत दिने, नवीकरण र नियमन गर्ने अधिकार प्रदेशमा रहने विधेयकमा उल्लेख छ । यस्तै, प्रदेशभित्र प्रकाशन गर्न चाहने छापा माध्यमको दर्ता, नवीकरण र नियमनको अधिकार पनि रजिस्ट्रारलाई रहनेछ । इजाजत नलिई कार्यक्रम प्रसारण, सिग्नल वितरण, भूउपग्रह प्रसारण केन्द्रको स्थापना र प्रसारण नेटवर्कमार्फत कार्यक्रम प्रसारण तथा डाउनलिङ्क गर्न पाइनेछैन । एक हजार वाटसम्मको फ्रिक्वेन्सी मोडुलेसन प्रसारण प्रणालीको स्थापना प्रदेशले गर्न पाउनेछ । विदेशी लगानी र विदेशी मिडियाको प्रदेशभित्रको भूमिकालाई कडाइका साथ नियमन गरिने विधेयकमा उल्लेख छ । विदेशी प्रसारण संस्थाले प्रदेशभित्र कुनै घटना वा विषयको प्रत्यक्ष प्रसारण गर्नुअघि मन्त्रालयबाट अनुमति लिनुपर्नेछ । यस्तै, कुनै पनि संचार माध्यममा विदेशी लगानी गर्न पाइनेछैन । इजाजत नलिई कार्यक्रम उत्पादन, वितरण तथा डाउनलिङ्क गरे इजाजतपत्र दस्तुरबापत लाग्ने बराबरको रकम असुल गर्ने र सोही बराबरको रकम जरिमाना लाग्नेछ । नियमअनुसार काम नगरे कसुरको मात्रा हेरेर पाँच हजारदेखि २५ हजार रुपैयाँसम्म जरिमानाको व्यवस्था छ । तर, कारबाही र जरिमानाअघि सफाइको मौका दिइनेछ । प्रकाशन र प्रसारण गरिएको सामग्री इन्टरनेटबाट हटाउन सक्ने व्यवस्था राखिएको छ भने मापण्ड पूरा नगर्ने संचार माध्यमलाई सरकार र मातहतबाट प्राप्त सुविधा रोक्का राख्न सक्ने उल्लेख छ ।सबै मिडिया कम्पनीले लगानीको स्रोत खुलाउनुपर्ने अनिवार्य व्यवस्था छ । मुद्दा हेर्ने अधिकारीका रूपमा कारबाही र किनारा गर्ने अधिकार मन्त्रालयका सचिवलाई दिइएको छ । मुद्दाको सुरु कारबाही र किनारा गर्ने अधिकार सम्बन्धित जिल्ला अदालतको हुनेछ । ३५ दिनभित्र पुनरावेदन गर्न पाइने प्रावधान छ । आमसंचार विधेयकले प्रेस स्वतन्त्रता कुण्ठित गरेको भन्दै विरोध भइरहेको समयमा विधेयक प्रदेशसभामा टेबुल भएको हो । पत्रकारसँग सम्बद्ध संघसंस्था र नेताहरूले विधेयकका आपत्तिजनक व्यवस्था संशोधन गर्न माग गरेका छन् । संसद्मै सांसदहरूले पनि केही बुँदा सच्याउन सुझाव दिएका थिए । मिडियाको अनुगमन नियमन गर्न प्रेस रजिस्ट्रार दिइनुपर्ने एमाले सांसद धनन्जय दवाडीले बताए । ‘सचिवले कारबाही गर्ने हो भने प्रेस रजिस्ट्रार किन चाहियो ?’, उनले भने, ‘यसको जिम्मेवारी रजिस्ट्रारलाई नै दिइनुपर्छ । मन्त्रालयका सचिवको मातहत होइन, मन्त्रीको मातहतमा प्रेस रजिस्ट्रार राख्नुपर्छ ।’ निवर्तमान कानुनमन्त्रीसमेत रहेका सांसद हरिबहादुर चुमान पनि कारवाहीको अधिकार सचिवलाई दिन नहुने बताउँछन् । कानुन, संचार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले संसदमा उठेका प्रश्नको जबाफ दिँदै प्रस्तुत विधेयक अघिल्लो सरकारले नै ल्याएको बताए । ‘यो अघिल्लो सरकारकै विधेयक हो । हामीले अपनत्व लिएका मात्र हौँ’, उनले भने, ‘केही छुटेका र केही प्रेसले बढी चासो राखेका बुँदाहरू छन् । चासोका विषयमा छलफल हुन्छ ।’
प्रकाशित मिति: मंगलबार, भदौ २९, २०७८
२१:००
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
आगामी निर्वाचनमा रास्वपाले व्यक्ति विशेषभन्दा सोच र क्षमता भएको उम्मेदवार चयन गर्छ : केशव बलायर
नंः २
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
नंः ३
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
नंः ४
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
नंः ५
दसैँअघि भोटेकोशीमा सडक सञ्चालन गर्न राष्ट्रपति पौडेलको सरकारलाई आग्रह
विशेष
दुई युवाले चिरे ईभी गाडीहरु छोटो दूरीको लागि मात्र हो भन्ने मान्यता
सोमबार, असार ९, २०८२
अन्तर्वार्ता
बीमा दुरुपयोग रोक्न स्वतन्त्र क्लेम जाँच इकाइ अनिवार्य :डा. शम्भुप्रसाद आचार्य
शुक्रबार, फागुन ८, २०८२
चुनावपछि ठूला दलहरूबीच सहमति गरेर १० वर्षे दीर्घकालीन आर्थिक सुधार कार्यक्रम ल्याउनुपर्छ : हेमराज ढकाल
बुधबार, माघ २८, २०८२
वैकल्पिक भनिएका शक्तिहरुको शिर–पुच्छर छैन, प्रतिस्पर्धा पूरानै दलसँग हुन्छ : डा.प्रकाश शरण महत
मंगलबार, माघ २७, २०८२
कम्युनिस्ट एकताको अभ्यास ‘चुनाव जित्न मान्छे थुपार्ने’ माध्यम मात्र हो : विप्लव
बिहीबार, माघ २२, २०८२
देशलाई निकासा दिने हो भने चुनाव बाहेक अरु विकल्प छैन : अष्टलक्ष्मी शाक्य
बिहीबार, माघ २२, २०८२
नयाँ पुस्ताले श्रीस्वस्थानी कथा सुन्ने मात्र नभइ अर्थ खोज्न थालेका छन : ज्योतिष तारा लोचन न्यौपाने
आइतबार, माघ १८, २०८२
जीवनशैली
किन खराब निद्राले केही मानिसको मस्तिष्कलाई बढी असर गर्छ ?
आइतबार, साउन १७, २०८३
के नियमित कफी सेवनले मुटुसम्बन्धी रोगहरूको जोखिम कम हुन्छ ?
आइतबार, साउन १०, २०८३
तोरीबारीमा बसेर डिनर खाने पर्यटकीय गन्तब्य बन्दै चीन
बुधबार, चैत ११, २०८२
एक्लोपनले होइन, सम्बन्धले दिन्छ दीर्घकालीन खुसी : डा. समीम अख्तर
शुक्रबार, चैत ६, २०८२
बुढ्यौलीमा स्मरणशक्ति कमजोर किन हुन्छ ?
शनिबार, माघ ३, २०८२
शनिवार ‘सगून ज्वेलर्स प्रेजेन्ट्स मिसेस भोग नेपाल–२०२५’को अडिसन
शुक्रबार, पुस ११, २०८२
शिक्षा
विद्यार्थीका सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गर्छौं : शिक्षामन्त्री पोखरेल
सोमबार, भदौ २९, २०८३
जेम्स स्कुल र जापानका दुई प्रतिष्ठित विद्यालयबीच सहकार्यका लागि सम्झौता
बिहीबार, भदौ १८, २०८३
‘सरकारले सहमति तथा सम्झौता कार्यान्वयन गरेन, देशभरका शिक्षक पूरानै समस्यामा छन्’
सोमबार, साउन ११, २०८३
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
शनिबार, जेठ २३, २०८३
छात्रवृत्तिको पहिलो मनोनयन सूचीबाट ३ हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
शनिबार, जेठ २३, २०८३
मेघा कलेजमा अन्तर्राष्ट्रिय सम्मेलन, शैक्षिक अनुसन्धानले अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास
शुक्रबार, जेठ १, २०८३
शिक्षामा लगानीका लागि सरोकारवालासँग संवाद, शैक्षिक सुधारमा जोड
आइतबार, वैशाख १३, २०८३
शैक्षिक सत्र २०८३ सुरु हुँदै, जनक शिक्षाद्वारा देशभर पाठ्यपुस्तक वितरण तीव्र
शुक्रबार, वैशाख ४, २०८३
समाचार
बाढी प्रभावित क्षेत्रका सडक असोजभित्रै सञ्चालन गरिने
सोमबार, भदौ २९, २०८३
नेपाल विभिन्न धर्म, संस्कृति, संस्कार र परम्पराले सम्पन्न मुलुक हो : सभापति थापा
सोमबार, भदौ २९, २०८३
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ९९९ जनालाई कारबाही
सोमबार, भदौ २९, २०८३
कलाकार भन्छन्, 'तीज मनाउने शैली बदलियो, भावना बदलिनु हुँदैन'
सोमबार, भदौ २९, २०८३
एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डमा औद्योगिक तथा व्यावसायिक नेतृत्व सम्मानित
सोमबार, भदौ २९, २०८३
थप समाचार
यस्तो छन्, मन्त्रिपरिषद्को १५ वटा निर्णयहरु
मंगलबार, भदौ २९, २०७८
दुई युवाले चिरे ईभी गाडीहरु छोटो दूरीको लागि मात्र हो भन्ने मान्यता
मंगलबार, भदौ २९, २०७८
आजदेखि १० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा
मंगलबार, भदौ २९, २०७८
बिस्का जात्रा कहिलेदेखि मनाइयो भन्ने प्रष्ट अभिलेख छैन्
मंगलबार, भदौ २९, २०७८
Subscribe Newsletter
×