राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
धर्म/संस्कृति
थप
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
गृहपृष्ठ
राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
थप
धर्म/संस्कृति
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
सोसल मिडिया
Contact Us
युनिकोड
Weather Update
विशेष
गण्डकीकाे संचार विधेयक : मिडिया अनुगमनको अधिकार सचिवलाई
गण्डकीकाे संचार विधेयक : मिडिया अनुगमनको अधिकार सचिवलाई
शब्दपाटी
मंगलबार, भदौ २९, २०७८
मंगलबार, भदौ २९, २०७८
पोखरा : गण्डकी सरकारले आमसंचार विधेयक प्रदेशसभामा टेबुल गरेको छ । कानुन, संचार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले विधेयक टेबुल गरेका हुन् । प्रस्तावित विधेयकले संचार समन्वय समितिदेखि प्रेस रजिस्ट्रार र कारबाही गर्ने अधिकारीको व्यवस्था गरेको छ । विधेयकमा मन्त्रीको संयोजकत्वमा संचार समन्वय समिति गठन गर्ने व्यवस्था राखिएको छ । समितिले आमसंचारबारे नीतिगत विषयमा प्रदेश सरकारलाई सुझाव दिनेछ । यस्तै, प्रेस रजिस्ट्रारको व्यवस्था पनि उल्लेख छ । आमसंचारसम्बन्धी व्यवस्थापन गर्न एक जना प्रेस रजिस्ट्रार नियुक्त गर्ने व्यवस्था विधेयकमा छ । स्नातक पास गरेको, प्रेस प्रतिनिधि प्रमाणपत्र प्राप्त गरेको कम्तीमा १० वर्ष पुगेको र ३० वर्ष पुगेको नेपाली नागरिक रजिस्ट्रारमा नियुक्त हुन सक्ने व्यवस्था छ । रजिस्ट्रारलाई मन्त्रालय समक्ष कार्यक्रम प्रस्ताव गर्ने, आमसंचार माध्यमको संचालन अनुमतिपत्र प्रदान गर्ने अधिकारको व्यवस्था गरिएको छ । १०० देखि एक हजार वाटसम्मको एफएम रेडियोको संचालन इजाजत दिने, नवीकरण र नियमन गर्ने अधिकार प्रदेशमा रहने विधेयकमा उल्लेख छ । यस्तै, प्रदेशभित्र प्रकाशन गर्न चाहने छापा माध्यमको दर्ता, नवीकरण र नियमनको अधिकार पनि रजिस्ट्रारलाई रहनेछ । इजाजत नलिई कार्यक्रम प्रसारण, सिग्नल वितरण, भूउपग्रह प्रसारण केन्द्रको स्थापना र प्रसारण नेटवर्कमार्फत कार्यक्रम प्रसारण तथा डाउनलिङ्क गर्न पाइनेछैन । एक हजार वाटसम्मको फ्रिक्वेन्सी मोडुलेसन प्रसारण प्रणालीको स्थापना प्रदेशले गर्न पाउनेछ । विदेशी लगानी र विदेशी मिडियाको प्रदेशभित्रको भूमिकालाई कडाइका साथ नियमन गरिने विधेयकमा उल्लेख छ । विदेशी प्रसारण संस्थाले प्रदेशभित्र कुनै घटना वा विषयको प्रत्यक्ष प्रसारण गर्नुअघि मन्त्रालयबाट अनुमति लिनुपर्नेछ । यस्तै, कुनै पनि संचार माध्यममा विदेशी लगानी गर्न पाइनेछैन । इजाजत नलिई कार्यक्रम उत्पादन, वितरण तथा डाउनलिङ्क गरे इजाजतपत्र दस्तुरबापत लाग्ने बराबरको रकम असुल गर्ने र सोही बराबरको रकम जरिमाना लाग्नेछ । नियमअनुसार काम नगरे कसुरको मात्रा हेरेर पाँच हजारदेखि २५ हजार रुपैयाँसम्म जरिमानाको व्यवस्था छ । तर, कारबाही र जरिमानाअघि सफाइको मौका दिइनेछ । प्रकाशन र प्रसारण गरिएको सामग्री इन्टरनेटबाट हटाउन सक्ने व्यवस्था राखिएको छ भने मापण्ड पूरा नगर्ने संचार माध्यमलाई सरकार र मातहतबाट प्राप्त सुविधा रोक्का राख्न सक्ने उल्लेख छ ।सबै मिडिया कम्पनीले लगानीको स्रोत खुलाउनुपर्ने अनिवार्य व्यवस्था छ । मुद्दा हेर्ने अधिकारीका रूपमा कारबाही र किनारा गर्ने अधिकार मन्त्रालयका सचिवलाई दिइएको छ । मुद्दाको सुरु कारबाही र किनारा गर्ने अधिकार सम्बन्धित जिल्ला अदालतको हुनेछ । ३५ दिनभित्र पुनरावेदन गर्न पाइने प्रावधान छ । आमसंचार विधेयकले प्रेस स्वतन्त्रता कुण्ठित गरेको भन्दै विरोध भइरहेको समयमा विधेयक प्रदेशसभामा टेबुल भएको हो । पत्रकारसँग सम्बद्ध संघसंस्था र नेताहरूले विधेयकका आपत्तिजनक व्यवस्था संशोधन गर्न माग गरेका छन् । संसद्मै सांसदहरूले पनि केही बुँदा सच्याउन सुझाव दिएका थिए । मिडियाको अनुगमन नियमन गर्न प्रेस रजिस्ट्रार दिइनुपर्ने एमाले सांसद धनन्जय दवाडीले बताए । ‘सचिवले कारबाही गर्ने हो भने प्रेस रजिस्ट्रार किन चाहियो ?’, उनले भने, ‘यसको जिम्मेवारी रजिस्ट्रारलाई नै दिइनुपर्छ । मन्त्रालयका सचिवको मातहत होइन, मन्त्रीको मातहतमा प्रेस रजिस्ट्रार राख्नुपर्छ ।’ निवर्तमान कानुनमन्त्रीसमेत रहेका सांसद हरिबहादुर चुमान पनि कारवाहीको अधिकार सचिवलाई दिन नहुने बताउँछन् । कानुन, संचार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले संसदमा उठेका प्रश्नको जबाफ दिँदै प्रस्तुत विधेयक अघिल्लो सरकारले नै ल्याएको बताए । ‘यो अघिल्लो सरकारकै विधेयक हो । हामीले अपनत्व लिएका मात्र हौँ’, उनले भने, ‘केही छुटेका र केही प्रेसले बढी चासो राखेका बुँदाहरू छन् । चासोका विषयमा छलफल हुन्छ ।’
प्रकाशित मिति: मंगलबार, भदौ २९, २०७८
२१:००
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
दुई टेलिकम प्रदायक कम्पनी एनटीसी र एनसेलद्धारा सेवा निःशुल्क दिने घोषणा
नंः २
जेनजी आन्दोलनमा सहभागी बाजुराका बुढा मृत फेला
नंः ३
हट्यो काठमाडौँ उपत्यकाको निषेधाज्ञा र कर्फ्यु
नंः ४
जेन–जी युवामाथिको दमन र मेरो प्रत्यक्ष अनुभव
नंः ५
नदीमा डुबेको अवस्थामा दुईजनाको शव फेला
विशेष
दुई युवाले चिरे ईभी गाडीहरु छोटो दूरीको लागि मात्र हो भन्ने मान्यता
सोमबार, असार ९, २०८२
अन्तर्वार्ता
भारतको जिएसटी कटौतीले नेपालमा इन्फेलेसनदर घटाउन सहयोग गर्छ : ज्ञानेन्द्र अधिकारी
आइतबार, भदौ २९, २०८२
राजनीतिक दलको भूमिकालाई घटाउन सक्यौँ भने जेनजीलगायतको माग सम्बोधन हुन्छ : राम गुरुङ
शनिबार, भदौ २८, २०८२
अनलाइन प्रणालीमा सुधार भएको छ, दुई मिनेटमै श्रम स्वीकृती दिने गरेका छौं : कमलप्रसाद भट्टराई
सोमबार, भदौ ९, २०८२
‘श्रीकृष्ण जन्माष्टमी बृहत भएको छ, मनाउनेको संख्या बढेको छ’
शनिबार, साउन ३१, २०८२
देश र जनताको लागि बढीभन्दा बढी योगदान कसरी गर्ने भनेर सुझाव लिइरहेको छु : कुलमान घिसिङ
बुधबार, असार १८, २०८२
धानमा समर्थन मूल्य तोक्नुको कुनै औचित्य छैन् : उद्धव अधिकारी
आइतबार, असार १५, २०८२
जीवनशैली
स्वस्थ जीवनशैली अपनाउनेहरूका लागि शिल्पा शेट्टीको प्रेरणा
सोमबार, साउन १२, २०८२
चञ्चलालाई ऐतिहासिक उपलब्धि : समावेशी पर्यटन प्रवर्द्धनमा नेपालबाट विश्वमञ्चमा चम्कँदै
शनिबार, असार २१, २०८२
सगरमाथाको शिखरमा नेपाली कफी चिनाउने महिला : ‘जसको सपना हिमाल भन्दा अग्लो थियो’
सोमबार, असार १६, २०८२
प्राचार्य डा.घनश्याम प्रसाद साहलाई ‘पोष्ट डक्टरल फेलो’को उपाधि
शुक्रबार, असार ६, २०८२
मनोरञ्जन क्षेत्रमा काम गर्ने सबै यौनकर्मी होइनन् : सिर्जना पुन
बुधबार, असार ४, २०८२
पाकिस्तानी प्रधानमन्त्रीको नीजी जीवनः चार पत्नीमा लेखिका देखी मोडेलसम्म
बुधबार, असार ४, २०८२
शिक्षा
आजदेखि काठमाडौं महानगरका विद्यालय खुल्ने
आइतबार, भदौ २९, २०८२
आजदेखि अष्ट्रेलियन एजुकेशन फेयर २०२५ सुरु, ५ दिनसम्म चल्ने
मंगलबार, साउन २७, २०८२
नेपालमा उच्च शिक्षाको पुनर्जागरण : एक समयसापेक्ष आवश्यकता
बुधबार, साउन २१, २०८२
कानुनी दबाबले निजी विद्यालय र विद्यार्थीको भविष्य अन्योलमा पर्न सक्ने चिन्ता
शुक्रबार, साउन १६, २०८२
नेपाल संस्कृत विश्वविद्यालयको सिनेटले स्वीकृत गर्यो एक अर्ब ३१ करोडको बजेट
बुधबार, असार ३२, २०८२
लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभाले स्वीकृत गर्यो ४९ करोड ५९ लाख बजेट
बुधबार, असार ३२, २०८२
पूर्वाञ्चल विश्वविद्यालय सभाले स्वीकृत गर्यो एक अर्ब ७० करोड बजेट
मंगलबार, असार ३१, २०८२
सुदूरपश्चिम विश्वविद्यालयको सिनेटले स्वीकृत गर्यो एक अर्ब ५४ करोड बजेट
मंगलबार, असार ३१, २०८२
समाचार
गृहमन्त्री अर्यालद्धारा उपत्यका ट्राफिक प्रहरी कार्यालयको अनुगमन
मंगलबार, भदौ ३१, २०८२
जेनजी आन्दोलनमा मृत्यु भएकाहरूको सामूहिक शवयात्रा
मंगलबार, भदौ ३१, २०८२
जेनजी आन्दोलनमा शहीद भएका सीरन किशोर श्रेष्ठको अन्त्येष्टि
सोमबार, भदौ ३०, २०८२
जेनजी आन्दोलनमा मृत्यु भएका शहीदहरूको शव यात्राको तयारी
सोमबार, भदौ ३०, २०८२
गृह मन्त्रालयको काम अब पूरानो परराष्ट्रको भवनबाट
सोमबार, भदौ ३०, २०८२
थप समाचार
यस्तो छन्, मन्त्रिपरिषद्को १५ वटा निर्णयहरु
मंगलबार, भदौ २९, २०७८
दुई युवाले चिरे ईभी गाडीहरु छोटो दूरीको लागि मात्र हो भन्ने मान्यता
मंगलबार, भदौ २९, २०७८
आजदेखि १० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा
मंगलबार, भदौ २९, २०७८
बिस्का जात्रा कहिलेदेखि मनाइयो भन्ने प्रष्ट अभिलेख छैन्
मंगलबार, भदौ २९, २०७८
Subscribe Newsletter
×