एमालेका वरिष्ठ नेता झलनाथ खनालको मिर्गौला प्रत्यारोपण

बुधबार, साउन २०, २०७८

काठमाडौँ । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालको सफलतापूर्वक प्रत्यारोषण गरिएको छ । भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा आज उनको मिर्गौलाको प्रत्यारोषण गरिएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । उनका अनुसार नेता खनालको अस्पतालका सर्जन डा. सन्दीप गुलरियाको नेतृत्वको टोलीले प्रत्यारोपण गरेका हुन् । अस्पतालमा नेता खनालको नेफ्रोलोजिष्ट डा.अखिल मिश्राको नेतृत्वको चिकित्सकको टोलीले उपचार गरिरहेको छ । ज्वरो नघटेको, पिसाब तथा रगतमा इन्फेक्सन र हेमोग्लोबिनको मात्रा कमी देखिएपछि थप उपचारका लागि पूर्वप्रधानमन्त्री खनाललाई गत असार २ गते नयाँदिल्ली लगिएको थियो । 
 

प्रकाशित मिति: बुधबार, साउन २०, २०७८  २०:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार