सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । ललितपुर महानगरपालिका १४ नं. वडा कार्यालयले कान्तिलोक पथ बाबा चोकदेखि राम स्टोरसम्मको सडक पेटीमा आज शनिबार वृक्षारोपण गरेको छ । उक्त क्षेत्रमा अशोक वृक्षका १७० वटा विरुवा रोपण गरिएको हो । वृक्षारोपण कार्यक्रमको लपुमनपा १४ नं. वडाका वडाअध्यक्ष अमृत जंग महतले शुभारम्भ गरे । सो अवसरमा वडाअध्यक्ष महतका छोरा अनिरुद्ध जंग महतले पनि वृक्षारोपण गरेका छन् । शिव बस्ती टोल विकास समिति, सामुदायिक प्रहरी साझेदारीसँगको सहकार्यमा वडा कार्यालयले वृक्षारोपण गरेको छ ।
उक्त कार्यक्रममा हरित ललितपुर सफाई सञ्जाल, ललितपुर चक्रपथ महानगर सफाई अभियान, फोहोर मैला व्यवस्थापन संघको पनि सहयोग गरेको थियो । वृक्षारोपण कार्यक्रममा नूर स्मृति सेवा प्रतिष्ठा र डिडि बेकरी फ्याक्ट्रीले पनि सहयोग गरेको थियो । वृक्षारोपण कार्यक्रम सुरु गर्नअघि आयोजित संक्षित कार्यक्रममा वडाअध्यक्ष महतले वृक्षारोपणको महत्वमाथि प्रकाश पार्दै सबै सचेत भएर आफ्नो घर आँगनमा पनि रूख विरुवा रोप्न आह्वान गरे । प्राकृतिक रूपमा पाइने अक्सिजन पनि हाम्रै कारणले ल्याबमा उत्पादन भएको अक्सिजदन किनेर प्रयोग गर्नुपर्ने अवस्था आउनेतर्फ सचेत हुन उनले आह्वान गरे ।
वृक्षारोपण कार्यक्रममा पूर्व सांसद मैना अछामि, नेपाली काग्रेसका नेता नवराज महत, कार्यपालिका सदस्य सानुकाजी तोलाङगे, वडासदस्य सनत कार्कीसहित टोल विकास संस्थाका पदाधिकारी, समाज सेवी, महिला तथा वडावासीको सहभागिता रहेको थियो ।