ललितपुर महानगरले ४५ वर्ष माथिकालाई भेरोसिल खोप लगाउने  

बिहीबार, साउन १४, २०७८

ललितपुर  ।ललितपुर महानग रपालिकाले ४५ वर्ष र त्यसभन्दा माथि उमेरका व्यक्तिहरुलाई साउन १५, १६ र १७ गते भेरोसिलको पहिलो मात्रा खोप लगाउने भएको छ । ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालद्धारा जारी सूचनामा महानगरका प्रत्येक वडामा राखिएका खोपकेन्द्र खोप लिन सकिने उल्लेख गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत अर्यालले खोप उपलब्ध भएसँग उमेर समूह अनुसार सबैलाई खोप लगाउने व्यवस्था मिलाउने बताए । महानगरले साउन १८ गते जोन्स एन्ड जोन्स खोप लगाउने समेत सूचन मार्फत जानकारी गराएको छ ।  

प्रकाशित मिति: बिहीबार, साउन १४, २०७८  १९:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार