बागमती प्रदेशमा मुख्यमन्त्री र ललितपुर महानगर प्रमुखबीच भेटवार्ता

बुधबार, असोज ७, २०८३

ललितपुर। ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन र बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरबीच भेटवार्ता भएको छ । 
नगर प्रमुख महर्जन र बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाबीच बुधबार महानगरपालिकामा भेटवार्ता भएको हो । मुख्यमन्त्रीलाई नगर प्रमुख महर्जन र नगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले स्वागत गरेका थिए । उक्त भेटघाटमा प्रशासन प्रमुख देवप्रसाद गुरागाइँ लगायत हुनुहुन्थ्यो । भेटवार्ताको क्रममा मुख्यमन्त्री थापाले महानगरले गरेको काम उत्कृष्ट भएको प्रतिक्रिया दिए । उनले भने, ‘विपद् व्यवस्थापन, हरियाली संंरक्षणमा महानगरले उत्कृष्ट काम गरेको छ , स्वास्थ्य क्षेत्रमा भएका काम पनि अनुकरणीय छन् । ‘ मुख्यमन्त्री थापाले महानगरसँग प्रदेश सरकार सहकार्य गरेर अघि बढ्ने बताए । 
नगर प्रमुख चिरीबाबु महर्जनले महानगरले सम्पदा संरक्षणसँगसँगै नागरिकको दैनिक जीवनसँग जोडिएको विषयलाई प्राथमिकता दिएर काम गरेको बताए । ललितपुर महानगरले गरेको काम अन्य पालिकाले समेत अनुकरण गरेको बताउँदै यस पालिकाभित्र भएका कामको अवलोकन र अध्ययनका लागि मोफसलका पालिकाहरु दिनहुँ जस्तो आउने जानकारी नगर प्रमुखले गराए । नागरिकको नजिकको सरकार स्थानीय तह भएको बताउँदै प्रदेश सरकारसँग सहकार्य गरेर काम गर्न महानगर तयार भएको महर्जनले बताए । मुख्यमन्त्री थापाले हिमाली प्रकोपबाट प्रभावित भएको रसुवाको भ्रमणका क्रममा देखेका विषयहरु समेत कुराकानीको क्रममा राखेको थिए । मुख्यमन्त्री किरण थापा मगरले नगर प्रहरीले निर्वाह गरेको जिम्मेवारी उत्कृष्ट भएको बताउँदै दमकलस्थित नगर प्रहरीबलको कार्यलयको पनि अवलोकन गरेका थिए । 

kiran-2-1790164569.jpeg
 

प्रकाशित मिति: बुधबार, असोज ७, २०८३  १७:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार