सोसल मिडिया
Contact Us
युनिकोड
शिखर चुमेर छोड्यो ...........
सुन्दर हरियालीको सुरम्य काखमा बितेका ती शिशुकाल अनि , किशोराबस्था अति उल्लास र उमंग रमणीय सपना जीवनका ती आनन्दमय बिपना
अचानक कसैले आभास चुम्यो मनलाई परिवर्तित गर्न भावना घुम्यो कहाँको किशोरावस्था आल्हादित जीवन कहाँ अब यौवनको नव बौद्विक प्रेरणाले प्रोत्साहित जीवन
अब भावनाले नव प्रभात तिर पथलाई दोहर्याउन थाल्यो कतिपय कन्टक मार्ग पहिल्याउन पनि थाल्यो प्रगति पथमा कन्टकको भेदनले मर्म स्पर्शी चोट र दर्द घुलित ब्यथा पनि दिन थाल्यो तर बढन लागेका पाइला सदा अग्रसर नै रहे
यो प्रगतिमय पाइला कहिल्यै पछि हटन खोजेन अन्त्यमा सफलताले शिखर चुमेर छोड्यो ।