दक्षिण एसियाली देशको यात्रा नगर्न युएईद्वारा आफ्ना नागरिकलाई आग्रह 

शनिबार, असार १९, २०७८

अबुधाबी । संयुक्त अरब इमिरेट्स (युएई)ले आफ्ना नागरिकलाई भारत, पाकिस्तान, बङ्गलादेश, नेपाल र श्रीलङ्कालगायतका धेरै देशमा यात्रा नगर्न आग्रह गरेको छ । कोभिड–१९ महामारीका कारण गत महिनाको अन्त्यमा यूएइले विभिन्न १४ मुलुकका यात्रीलाई आफ्नो देश प्रबेशमा प्रतिबन्ध लगाएको थियो । उक्त प्रतिबन्धलाई यही जुलाई २१ सम्म विस्तार गरेको छ । परराष्ट्र मन्त्रालय र राष्ट्रिय प्रकोप तथा विपद् व्यवस्थापन प्राधिकरणले यात्राको मौसम शुरू भएपछि नागरिकले कोभिड–१९सम्बन्धी सबै सावधानी र रोकथामका उपाय पालना गर्नु आवश्यक रहेको बताएको ‘द एक्सप्रेस ट्रिब्यून’ले लेखेकोे छ । यूएइको नागरिक उड्डयन प्राधिकरणलेएक सूचनामार्फत् लाइबेरिया, नामिबिया, सियरा लियोन, प्रजातान्त्रिक गणतन्त्र कङ्गोे, युगान्डा, जाम्बिया, भियतनाम, भारत, बंगलादेश, श्रीलङ्का, नाइजेरिया र दक्षिण अफ्रिका तथा नेपालबाट हुने उडान जुलाई २१ को राति १२ बजेसम्मका लागि हवाई यात्रामा प्रतिबन्ध लगाइएको जानकारी गराइएको हो । यो प्रतिबन्ध कार्गो उडान, व्यापारिक तथा चार्टर उडानलाई बाध्यकारी नहुने बताइएको छ ।  युएईका अधिकारीले युएईका नागरिकलाई उनीहरूको यात्राको क्रममा कोभिड–१९ सङ्क्रमण पुष्टि भएमा देशले लागू गरेको सबै निर्देशन तथा स्वास्थ्य नियमको पालना सुनिश्चित गर्नका लागि अलग्गै बस्नुपर्ने बताएका छन् ।  यसैबीच यूएइले आफ्ना विदेशमा रहेका नागरिकलाई पूर्वस्वीकृतिपछि मात्रै स्वदेश फर्किन वा विदेश जान आग्रह गरेको छ ।– एएनआई 
 

प्रकाशित मिति: शनिबार, असार १९, २०७८  ०७:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार