आज राष्ट्रिय कविता महोत्सव

बुधबार, असार ९, २०७८

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानले आफ्नो स्थापना दिवसमा सञ्चालन गर्दै आएको राष्ट्रिय कविता महोत्सव–२०७८ कोभिड–१९ का कारण बुधबार भर्चुअलरूपमा सञ्चालन गर्दैछ । प्रतिष्ठानको ६४ औँ वार्षिकोत्सवका अवसरमा आह्वान गरिएको पूर्व सूचनामा प्राप्त प्रतियोगी कवितामध्ये मूल्याङ्कन समितिको छनोटमा परेका ४१ कविता ४१ कविता वाचन हुनेछन् । वाचनका लागि १० प्राप्ताङ्क कायम गरिएको तथा वाचनअघिको मूल्याङ्कनलाई वाचनको प्राप्ताङ्कमा योग गरी परिणाम घोषणा गरिने प्रतिष्ठानका सदस्यसचिव प्रा जगत्प्रसाद उपाध्यायले जानकारी दिए ।
 

प्रकाशित मिति: बुधबार, असार ९, २०७८  ०५:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार