लूनकरणदास–गङ्गादेवी चौधरी पुरस्कार प्रदान

बुधबार, वैशाख २८, २०७९

काठमाडौँ, २८ वैशाख । साहित्य र संस्कृतिका क्षेत्रमा लामो समयदेखि उल्लेखनीय योगदान पु¥याउँदै आएका तीनजनालाई लूनकरणदास–गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले आज पुरस्कृत गरिएको छ । प्राज्ञ एवं साहित्यकार उषा ठाकुरले आज यहाँ आयोजित एक कार्यक्रममा तेजेश्वरबाबु ग्वङ्गलाई सरस्वती सम्मान, इतिहास–अनुसन्धानमा लेखन तथा प्राध्यापनद्वारा विशिष्ट योगदान पु¥याउँदै आएका प्रा.डा.त्रिरत्न मानन्धरलाई इतिहास शिरोमणि बाबुराम आचार्य शोधसम्मान तथा नेपाली वाद्यवादनका क्षेत्रमा अथक योगदान गरेका न्हुच्छेबहादुर डङ्गोललाई नारायण गोपाल सङ्गीत सम्मान प्रदान  गरे । उनीहरू तीनैजनालाई जनही रु एक लाख ५१ हजार राशिको पुरस्कार  साहित्यकला मन्दिरको वार्षिकोत्सवको अवसरमा प्रदान गरिएको हो ।–रासस

 

प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९  ०६:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार