नेपालमा कोभिड संक्रमण तीव्र : एकै दिन १० हजार संक्रमित

मंगलबार, माघ ४, २०७८

काठमाडौं, ४ माघ ।  नेपालमा कोरोना भाइरस संक्रमण दर बिजुली गतिमा बढेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १० हजार संक्रमित थपिएका छन् । २२ हजार आठ सय २८ जनामा परीक्षण गर्दा १० हजार दुई सय ५८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस अवधिमा पाँच सय ६२ जना निको भई घर फर्किएका छन् । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक रहेको छ । नेपालमा काेराेनाका सक्रिय संक्रमितकाे संख्या ३९ हजार ४४ पुगेकाे मन्त्रालयले जनाएकाे छ ।

प्रकाशित मिति: मंगलबार, माघ ४, २०७८  १६:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार