बढ्दो कोरोना ग्राफको संकेतले समुदायस्तरमा खतराको घण्टी

शुक्रबार मात्रै थपिए ५०८७ जना कोरोना संक्रमित 
शुक्रबार, पुस ३०, २०७८

काठमाडौँ, ३० पुस । केही दिनयताका तथ्यांक आकलन गर्दा कोरोना भाइरसको संक्रमण दर अस्वाभाविक रुपमा फैलिएको छ । आज सार्वजनिक भएको तथ्यांकले कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिएको संकेत गरेको अनुमान गर्न सकिन्छ । दिनहुँ एक हजारको अनुपातमा बढिरहेको संक्रमण आज दुई हजारको हाराहारीले बढेको छ । शुक्रबार पाँच हजार ८७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप पाँच हजार ८७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २० हजार ५६० जनाको नमूना परीक्षण गरिएको थियो । तेह्र हजार ४७४ जनाले पिसिआर र सात हजार ८६ जनाको एन्टिजीन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  
गत २४ घण्टामा ३०६ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या आठ लाख १५ हजार ६५३ पुगेको छ । यो दर ९६ दशमलव पाँच प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 
नेपालमा पिसीआर विधिबाट कोरोना परीक्षण गरिँदा आठ लाख ४५ हजार ५०१ र एन्टिजेन विधिबाट परीक्षण गरिँदा एक लाख १०८ जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ । पिसिआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ४९ लाख ८१ हजार २६० र एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या आठ लाख ८० हजार ८८२ पुगेको छ । कुलमा सङक्रमण दर १७ प्रतिशत छ ।
कोभिड बिरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा तीन लाख २० हजार २६७ रहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार २३५ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट तीन जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६१३ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत छ । प्रतिशत १० लाख जनसङ्ख्यामा मृत्युदर ३८२ दशमलव तीन रहेको छ । 
हाल भेन्टेलेटरमा रहनेको सङ्ख्या जम्मा २५ र आइसियूमा १११ रहेको छ । होम आइसोलेशनमा १७ हजार २९१, संस्थागत आइसोलेशनमा ९४४ र क्वारेन्टीनमा ११५ रहेका छन् । हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लाहरूमा मोरङ, सुनसरी, काठमाडौँ, ललितपुर र भक्तपुर र कास्की रहेका छन् भने दुई सयभन्दा बढी उपचारार्थ सङ्क्रमित रहेका जिल्लाहरूमा झापा, चितवान, मकवानपुर, नवलपरासी पूर्व, बाँके, रुपन्देही र कैलाली छन् । सून्य सङ्क्रमित रहेका जिल्ला कुनै पनि नभएको मन्त्रालयले जनाएको छ । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा सात हजार ६२५, ललितपुर एक हजार ९३५ र भक्तपुरमा एक हजार २५१ सक्रिय सङक्रमित रहेको मन्त्रालयले जनाएको छ । 

सुदूरपश्चिममा एकैदिन ३८३ जनामा सङ्क्रमण
सुदूरपश्चिम प्रदेशमा शुक्रबार एकैदिन थप ३८३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट दुई हजार ३१ जनाको नमूना परीक्षण गर्दा ३८३ मा सङ्क्रमण पुष्टि भएको हो ।  
पीसीआरमार्फत ७३ र एन्टीजेनमार्फत ३१० मा पुष्टि भएको हो । पीसीआरमार्फत सेती प्रादेशिक अस्पतालमा ६६, जिल्ला अस्पताल डोटीमा छ, कमलबाजार अस्पतालमा एक र एन्टीजेनमार्फत कैलालीमा १९०, कञ्चनपुरमा १०१, डोटीमा ११ र बैतडीमा आठ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै गएको २४ घण्टामा प्रदेशभर १० जना निको भएका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको  पनि मृत्यु भएको छैन । 

प्रकाशित मिति: शुक्रबार, पुस ३०, २०७८  १७:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार