सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ । बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक ऐन, २०८३ को दफा १८ को उपदफा (१) बमोजिम शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए । उनका अनुसार कानूनी व्यवस्थाअनुसार शिक्षा समता शुल्क तथा स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिन स्वीकृति प्रदान गरिएको हो । यसअघि मंगलबार प्रधानमन्त्री वालेनद्र शाह (बालेन) ले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सामाजिक सञ्जालमार्फत जानकारी दिएका थिए ।