राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
धर्म/संस्कृति
थप
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
गृहपृष्ठ
राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
थप
धर्म/संस्कृति
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
सोसल मिडिया
Contact Us
युनिकोड
Weather Update
अर्थतन्त्र
देश अब कम्तीमा चार दिन बजेटविहीन
देश अब कम्तीमा चार दिन बजेटविहीन
सरकारी खर्च बन्द, यसरी उठ्नेछ राजस्व
शब्दपाटी
मंगलबार, भदौ २९, २०७८
मंगलबार, भदौ २९, २०७८
काठमाडौं : सरकारले ल्याएको प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा विचाराधीन रहेपछि देश बजेटविहीन हुने संभावना बढेको छ । अघिल्लो सरकारले १५ जेठमा अध्यादेशमार्फत ल्याएको बजेट प्रतिनिधिसभाबाट पारित नभएपछि (बुधबार) भोलि राति १२ बजेदेखि निष्क्रिय हुँदै छ । अध्यादेश संसदबाट पारित नभए ६० दिनभित्र स्वत: निष्क्रिय हुने संवैधानिक व्यवस्था छ । संविधानको धारा ११४ मा संघीय संसद अधिवेशन प्रारम्भ भएको ६० दिनपछि स्वतः निष्क्रिय हुने उल्लेख छ । यसअनुसार केपी ओली सरकारले ल्याएको बजेट अध्यादेश भोलिदेखि निष्क्रिय हुँदै छ । बजेट अध्यादेशलाई प्रतिस्थापन गर्न वर्तमान सरकारले मंगलबार विधेयक संसदमा पेस गरेको छ । तर, प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधबीच विधेयकमा छलफल अघि बढेन । सभामुख अग्निप्रसाद सापकोटाले संसदको बैठक ४ असोजसम्म अर्थात् ५ दिनका लागि स्थगित गरेका छन् । भोलिबाट बजेट अध्यादेश निष्क्रिय हुँदा त्यसपछि चौथो दिनमा सोमबार बिहान ११ बजे संसद बस्नेछ । यो चार दिनको समय बजेट अध्यादेश निष्क्रिय भएको र नयाँ विधेयक पारित नभएको अवस्था हुनेछ । अर्थात् कम्तीमा चार दिन देश बजेटविहीन हुनेछ । यदि ४ असोजको बैठकले पारित गरेन भने देश थप समय बजेटविहीन हुनेछ । एमालेको अवरोध जारी रहेकै अवस्थामा सभामुखले बजेट विधेयकमाथि छलफल गराउँछन् कि पेलेर पास गराउँछन् भन्ने ४ गते नै थाहा हुनेछ । तर, यो विधेयकमा संशोधन हाल्न सांसदहरूलाई ७२ घण्टाको समय हुनेछ । संशोधन दर्ता भए विधेयकमाथि छलफल गराउनुपर्नेछ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक संसद पेस गर्दै सकेसम्म सहमतिमा र नभए प्रक्रियाअनुसार (बहुमतका आधारमा) बजेट विधेयक पारित हुने बताइसकेका छन् । संसद् भवनमा पत्रकारहरुसँग कुरा गर्दै शर्माले पाँच/सात दिन नियमित सरकारी खर्च रोकिन सक्ने बताए । शर्माको भनाइबाट पनि देश कम्तीमा एक साता बजेटविहीन हुने देखिन्छ । बजेटविहीन हुँदा पेस्की अध्यादेश सरकारले ल्याउन सक्ने अनुमान छ । तर, शर्माले संसद चालू रहेकै अवस्थामा अध्यादेश ल्याउन नमिल्ने र पेस्की खर्च नगर्ने स्पष्ट पारे ।
कसरी उठ्छ कर ?
अर्थमन्त्री शर्माले कर उठाउने विशेष व्यवस्था भएको बताएका थिए । अर्थमन्त्रीले भनेको कर उठाउने विशेष व्यवस्था भनेको सामयिक कर असुल ऐन, २०१२ हो । देश बजेटविहीन भए पनि यो ऐनले छ महिनासम्म कर उठाउने अधिकार सरकारलाई दिएको छ ।सरकारले ऐनअन्तर्गत नेपाल राजपत्रमार्फत सूचित आदेश जारी गरेर करको दर घटबढ गर्न सक्छ । 'नेपाल सरकारको विचारमा भन्सार महसुल वा अन्तःशुल्क या अरू कुनै कर लगाउने बढाउने बारेको ऐन जारी गर्नुपर्ने ठहर भयो र जनहितका लागि त्यस्तो भन्सार महसुल या अन्तःशुल्क या अरू कुनै कर तुरुन्त लागाउन वा बढाउन बाञ्छनीय छ भन्ने चित्तमा लागेमा नेपाल सरकारले सूचित आदेशद्वारा लगाउन वा बढाउन सक्छ', ऐनमा भनिएको छ ।
यदि सूचित आदेशमा घटबढ गरिएको कर पछि विधेयक कानुन बनेर आउँदा थपघट भएमा बढी लिएको छ भने फिर्ता गर्नुपर्ने ऐनमा उल्लेख छ । 'सूचित आदेश निकाल्नु अगाडि १२ रुपैयाँ कर लागेको कलम सूचित आदेशले २० रुपैयाँको दरले उठाएकामा पछि कानुनबाट १५ रुपैयाँ मात्र लिने लेखिएकोमा पाँच रुपैयाँ फिर्ता दिनुपर्छ', ऐनमा भनिएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ २९, २०७८
२१:११
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा
नंः २
पट्नामा प्रदर्शनकारी विद्यार्थीमाथि प्रहरी हस्तक्षेप
नंः ३
एमबीबीएसको प्रश्नपत्र चुहावट प्रकरणमा शिक्षामन्त्रीले राजीनामा दिर्नुपर्छ : ठाकुर गैरे
नंः ४
पार्टीभित्र कमजोरी भएकाले यस्तो अवस्था आयो, अब वैचारिक पुनर्गठनको आवश्यक छ : शंकर पोख्रेल
नंः ५
एक वर्षमा ४० हजारभन्दा बढी उजुरी, ८० प्रतिशतभन्दा बढी फर्छ्योट
विशेष
दुई युवाले चिरे ईभी गाडीहरु छोटो दूरीको लागि मात्र हो भन्ने मान्यता
सोमबार, असार ९, २०८२
अन्तर्वार्ता
बीमा दुरुपयोग रोक्न स्वतन्त्र क्लेम जाँच इकाइ अनिवार्य :डा. शम्भुप्रसाद आचार्य
शुक्रबार, फागुन ८, २०८२
चुनावपछि ठूला दलहरूबीच सहमति गरेर १० वर्षे दीर्घकालीन आर्थिक सुधार कार्यक्रम ल्याउनुपर्छ : हेमराज ढकाल
बुधबार, माघ २८, २०८२
वैकल्पिक भनिएका शक्तिहरुको शिर–पुच्छर छैन, प्रतिस्पर्धा पूरानै दलसँग हुन्छ : डा.प्रकाश शरण महत
मंगलबार, माघ २७, २०८२
कम्युनिस्ट एकताको अभ्यास ‘चुनाव जित्न मान्छे थुपार्ने’ माध्यम मात्र हो : विप्लव
बिहीबार, माघ २२, २०८२
देशलाई निकासा दिने हो भने चुनाव बाहेक अरु विकल्प छैन : अष्टलक्ष्मी शाक्य
बिहीबार, माघ २२, २०८२
नयाँ पुस्ताले श्रीस्वस्थानी कथा सुन्ने मात्र नभइ अर्थ खोज्न थालेका छन : ज्योतिष तारा लोचन न्यौपाने
आइतबार, माघ १८, २०८२
जीवनशैली
के नियमित कफी सेवनले मुटुसम्बन्धी रोगहरूको जोखिम कम हुन्छ ?
आइतबार, साउन १०, २०८३
तोरीबारीमा बसेर डिनर खाने पर्यटकीय गन्तब्य बन्दै चीन
बुधबार, चैत ११, २०८२
एक्लोपनले होइन, सम्बन्धले दिन्छ दीर्घकालीन खुसी : डा. समीम अख्तर
शुक्रबार, चैत ६, २०८२
बुढ्यौलीमा स्मरणशक्ति कमजोर किन हुन्छ ?
शनिबार, माघ ३, २०८२
शनिवार ‘सगून ज्वेलर्स प्रेजेन्ट्स मिसेस भोग नेपाल–२०२५’को अडिसन
शुक्रबार, पुस ११, २०८२
पाँच महिनामा नेपालीले प्रयोग गरे १९ अर्ब रुपैयाँ भन्दा धेरैको स्मार्टफोन
मंगलबार, पुस ८, २०८२
शिक्षा
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
शनिबार, जेठ २३, २०८३
छात्रवृत्तिको पहिलो मनोनयन सूचीबाट ३ हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
शनिबार, जेठ २३, २०८३
मेघा कलेजमा अन्तर्राष्ट्रिय सम्मेलन, शैक्षिक अनुसन्धानले अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास
शुक्रबार, जेठ १, २०८३
शिक्षामा लगानीका लागि सरोकारवालासँग संवाद, शैक्षिक सुधारमा जोड
आइतबार, वैशाख १३, २०८३
शैक्षिक सत्र २०८३ सुरु हुँदै, जनक शिक्षाद्वारा देशभर पाठ्यपुस्तक वितरण तीव्र
शुक्रबार, वैशाख ४, २०८३
धनुषामा व्यवस्थित र शान्तिपूर्ण वातावरणमा एसइई परीक्षा
बिहीबार, चैत १९, २०८२
सुरु भयो एसइई : कोशी प्रदेशमा कस्तो छ व्यवस्थापन ?
बिहीबार, चैत १९, २०८२
कर्णालीमा ३८ हजार बढी परीक्षार्थीले दिए आजदेखि एसइई परीक्षा
बिहीबार, चैत १९, २०८२
समाचार
पाकिस्तानमा सम्पर्कविहीन भएका नेपाली आरोहीहरूको खोजी जारी
शुक्रबार, साउन १५, २०८३
अशान्त मधेशलाई शान्त बनाउन मधेसका नेताहरूसँग प्रधानमन्त्रीको छलफल
शुक्रबार, साउन १५, २०८३
गोलबजारको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो ?
शुक्रबार, साउन १५, २०८३
भारतबाट नेपाल प्रवेशमा परिचयपत्र अनिवार्य
शुक्रबार, साउन १५, २०८३
धनुषामा मन्दिर भित्र एक पुरुषको शव फेला
शुक्रबार, साउन १५, २०८३
थप समाचार
हरियो साउनमा ओझेलमा तरकारी व्यापार, मूल्यवृद्धि र सुस्त बजारले व्यापारी मारमा
मंगलबार, भदौ २९, २०७८
नाइमा मोबिलिटी एक्सपोमा ४० भन्दा बढी मोडल, नयाँ प्रविधि र ज्ञान साझेदारीको केन्द्र बन्दै
मंगलबार, भदौ २९, २०७८
मन्त्री गौरी यादवको निर्देशनपछि उद्योग विभागका अधिकांश सेवा पूर्ण रूपमा अनलाइन
मंगलबार, भदौ २९, २०७८
नेपालको निर्यातमा भटमास तेलको दबदबा
मंगलबार, भदौ २९, २०७८
Subscribe Newsletter
×