राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
धर्म/संस्कृति
थप
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
गृहपृष्ठ
राजनीति
समाचार
समाज
अर्थतन्त्र
खेलकुद
स्वास्थ्य
जलवायु/मौसम
स्थानीय सरकार
थप
धर्म/संस्कृति
सुरक्षा
अन्तर्राष्ट्रिय
प्रतिनिधिसभा
परराष्ट्र/कुटनीति
सहकारी
प्रदेश सभा
राष्ट्रिय सभा
ऊर्जा
अपराध
पर्यटन
शिक्षा
संघ–प्रदेश निर्वाचन
जीवनशैली
कृषि
सम्पादकीय
सोसल मिडिया
Contact Us
युनिकोड
Weather Update
अर्थतन्त्र
देश अब कम्तीमा चार दिन बजेटविहीन
देश अब कम्तीमा चार दिन बजेटविहीन
सरकारी खर्च बन्द, यसरी उठ्नेछ राजस्व
शब्दपाटी
मंगलबार, भदौ २९, २०७८
मंगलबार, भदौ २९, २०७८
काठमाडौं : सरकारले ल्याएको प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा विचाराधीन रहेपछि देश बजेटविहीन हुने संभावना बढेको छ । अघिल्लो सरकारले १५ जेठमा अध्यादेशमार्फत ल्याएको बजेट प्रतिनिधिसभाबाट पारित नभएपछि (बुधबार) भोलि राति १२ बजेदेखि निष्क्रिय हुँदै छ । अध्यादेश संसदबाट पारित नभए ६० दिनभित्र स्वत: निष्क्रिय हुने संवैधानिक व्यवस्था छ । संविधानको धारा ११४ मा संघीय संसद अधिवेशन प्रारम्भ भएको ६० दिनपछि स्वतः निष्क्रिय हुने उल्लेख छ । यसअनुसार केपी ओली सरकारले ल्याएको बजेट अध्यादेश भोलिदेखि निष्क्रिय हुँदै छ । बजेट अध्यादेशलाई प्रतिस्थापन गर्न वर्तमान सरकारले मंगलबार विधेयक संसदमा पेस गरेको छ । तर, प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधबीच विधेयकमा छलफल अघि बढेन । सभामुख अग्निप्रसाद सापकोटाले संसदको बैठक ४ असोजसम्म अर्थात् ५ दिनका लागि स्थगित गरेका छन् । भोलिबाट बजेट अध्यादेश निष्क्रिय हुँदा त्यसपछि चौथो दिनमा सोमबार बिहान ११ बजे संसद बस्नेछ । यो चार दिनको समय बजेट अध्यादेश निष्क्रिय भएको र नयाँ विधेयक पारित नभएको अवस्था हुनेछ । अर्थात् कम्तीमा चार दिन देश बजेटविहीन हुनेछ । यदि ४ असोजको बैठकले पारित गरेन भने देश थप समय बजेटविहीन हुनेछ । एमालेको अवरोध जारी रहेकै अवस्थामा सभामुखले बजेट विधेयकमाथि छलफल गराउँछन् कि पेलेर पास गराउँछन् भन्ने ४ गते नै थाहा हुनेछ । तर, यो विधेयकमा संशोधन हाल्न सांसदहरूलाई ७२ घण्टाको समय हुनेछ । संशोधन दर्ता भए विधेयकमाथि छलफल गराउनुपर्नेछ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक संसद पेस गर्दै सकेसम्म सहमतिमा र नभए प्रक्रियाअनुसार (बहुमतका आधारमा) बजेट विधेयक पारित हुने बताइसकेका छन् । संसद् भवनमा पत्रकारहरुसँग कुरा गर्दै शर्माले पाँच/सात दिन नियमित सरकारी खर्च रोकिन सक्ने बताए । शर्माको भनाइबाट पनि देश कम्तीमा एक साता बजेटविहीन हुने देखिन्छ । बजेटविहीन हुँदा पेस्की अध्यादेश सरकारले ल्याउन सक्ने अनुमान छ । तर, शर्माले संसद चालू रहेकै अवस्थामा अध्यादेश ल्याउन नमिल्ने र पेस्की खर्च नगर्ने स्पष्ट पारे ।
कसरी उठ्छ कर ?
अर्थमन्त्री शर्माले कर उठाउने विशेष व्यवस्था भएको बताएका थिए । अर्थमन्त्रीले भनेको कर उठाउने विशेष व्यवस्था भनेको सामयिक कर असुल ऐन, २०१२ हो । देश बजेटविहीन भए पनि यो ऐनले छ महिनासम्म कर उठाउने अधिकार सरकारलाई दिएको छ ।सरकारले ऐनअन्तर्गत नेपाल राजपत्रमार्फत सूचित आदेश जारी गरेर करको दर घटबढ गर्न सक्छ । 'नेपाल सरकारको विचारमा भन्सार महसुल वा अन्तःशुल्क या अरू कुनै कर लगाउने बढाउने बारेको ऐन जारी गर्नुपर्ने ठहर भयो र जनहितका लागि त्यस्तो भन्सार महसुल या अन्तःशुल्क या अरू कुनै कर तुरुन्त लागाउन वा बढाउन बाञ्छनीय छ भन्ने चित्तमा लागेमा नेपाल सरकारले सूचित आदेशद्वारा लगाउन वा बढाउन सक्छ', ऐनमा भनिएको छ ।
यदि सूचित आदेशमा घटबढ गरिएको कर पछि विधेयक कानुन बनेर आउँदा थपघट भएमा बढी लिएको छ भने फिर्ता गर्नुपर्ने ऐनमा उल्लेख छ । 'सूचित आदेश निकाल्नु अगाडि १२ रुपैयाँ कर लागेको कलम सूचित आदेशले २० रुपैयाँको दरले उठाएकामा पछि कानुनबाट १५ रुपैयाँ मात्र लिने लेखिएकोमा पाँच रुपैयाँ फिर्ता दिनुपर्छ', ऐनमा भनिएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ २९, २०७८
२१:११
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
ललितपुर महानगर २८ नं. वडामा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न
नंः २
तुल्सीलाल स्मृति टिम चेसमा दोलखा चेस होम्स र दोलखा जिल्ला संघ उपाधि नजिक
नंः ३
तेक्वान्दो खेलाडीको विदाई
नंः ४
काँग्रेसमै फर्किए स्वतन्त्रबाट ललितपुर महानगरको वडाअध्यक्षमा निर्वाचित गणेश केसी र निर्मल तण्डुकार
नंः ५
सरकार र जेनजीप्रतिनिधिबीचको सम्झौता अनुमोदन
विशेष
दुई युवाले चिरे ईभी गाडीहरु छोटो दूरीको लागि मात्र हो भन्ने मान्यता
सोमबार, असार ९, २०८२
अन्तर्वार्ता
भाइरल संस्कृतिले संगीतलाई विकृति थपेको छ : गायक थापा
शुक्रबार, मंसिर २६, २०८२
बच्चाबाट बृद्धासम्म दन्त हाइजिन महत्त्वपूर्ण : दन्त विशेषज्ञ तिवारी
मंगलबार, मंसिर २३, २०८२
नेपालमा आईटीको भविष्य उज्यालो छ, तर सरकारले नीतिगत सुधार गर्नुपर्छ : निरन्जन कुँवर
सोमबार, मंसिर ८, २०८२
विदेशस्थित नेपालीको मताधिकार कार्यान्वयन गर्ने अहिले ऐतिहासिक अवसर हो : डा.खगेन्द्रराज ढकाल
शनिबार, मंसिर ६, २०८२
ग्यास्ट्रिकलाई सामान्य ठान्दा गम्भीर रोगहरू लाग्नसक्छ : डा.सिताराम चौधरी
शुक्रबार, मंसिर ५, २०८२
मेरो प्राथमिकता आर्थिक पारदर्शिता, नयाँ कार्यक्रम विस्तार र गुणस्तरीय शिक्षा : डा.ठाकुर प्रसाद वाग्ले
बिहीबार, मंसिर ४, २०८२
जीवनशैली
अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस नेपालमा पनि मनाइँदै
मंगलबार, मंसिर ९, २०८२
चीनमा विदेशी जनावर पाल्नेको संख्या बढ्दो, छेपारो र कछुवा प्रजाति पाल्ने मात्रै १ करोड ७० लाख
आइतबार, कात्तिक ३०, २०८२
दक्षिण चीनमा नीलो लोबस्टरको उत्पादन बढ्यो
बिहीबार, कात्तिक २७, २०८२
चीनले विकास गर्यो विश्वकै सबैभन्दा ठूलो नवीकरणीय ऊर्जा प्रणाली
बिहीबार, कात्तिक २०, २०८२
शिल्पा शेट्टी : फिटनेस आइकन
शनिबार, कात्तिक १५, २०८२
कसरी मनाउँछन् पशुअधिकारकर्मीले दशैं ?
मंगलबार, असोज १४, २०८२
शिक्षा
मेरो प्राथमिकता आर्थिक पारदर्शिता, नयाँ कार्यक्रम विस्तार र गुणस्तरीय शिक्षा : डा.ठाकुर प्रसाद वाग्ले
बिहीबार, मंसिर ४, २०८२
दीप नेपालले बाँढ्यो ठोरीका स्कुले बालबालिकालाई न्यानो पोसाक
शुक्रबार, कात्तिक २८, २०८२
स्वास्थ्य क्षेत्र अहिले पनि राज्यको प्राथमिकतामा पर्न सकेको छैन : आनन्द श्रेष्ठ
शुक्रबार, कात्तिक २१, २०८२
आजदेखि काठमाडौं महानगरका विद्यालय खुल्ने
आइतबार, भदौ २९, २०८२
आजदेखि अष्ट्रेलियन एजुकेशन फेयर २०२५ सुरु, ५ दिनसम्म चल्ने
मंगलबार, साउन २७, २०८२
नेपालमा उच्च शिक्षाको पुनर्जागरण : एक समयसापेक्ष आवश्यकता
बुधबार, साउन २१, २०८२
कानुनी दबाबले निजी विद्यालय र विद्यार्थीको भविष्य अन्योलमा पर्न सक्ने चिन्ता
शुक्रबार, साउन १६, २०८२
नेपाल संस्कृत विश्वविद्यालयको सिनेटले स्वीकृत गर्यो एक अर्ब ३१ करोडको बजेट
बुधबार, असार ३२, २०८२
समाचार
एनआरएनए महिला युरोप संयोजकमा फ्रान्सकी गीता मनोनित
बुधबार, पुस २, २०८२
जाँचबुझ आयोगमा प्रधानसेनापतिले दिए बयान
मंगलबार, पुस १, २०८२
सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड
मंगलबार, पुस १, २०८२
हेटौँडामा मुख्य सडक विस्तार : ०३१ सालमा मुआब्जा लिएका घरहरूसमेत प्रभावित हुने
सोमबार, मंसिर २९, २०८२
जब ९८ वर्षीय नन्दबहादुरले टोपी झिकेर पुललाई ढोगे..
सोमबार, मंसिर २९, २०८२
थप समाचार
यस्तो छ आज बुधबारकाे तरकारी तथा फलफूलको मूल्य
मंगलबार, भदौ २९, २०७८
आज पनि बढ्यो अमेरिकी डलरको मूल्य
मंगलबार, भदौ २९, २०७८
योजना आयोगका नवनियुक्त उपाध्यक्ष र सदस्यले लिए शपथ
मंगलबार, भदौ २९, २०७८
सोल्टी होटलको ५१ औँ वार्षिक साधारण सभाबाट दिनेशबहादुर विष्ट कार्यकारी अध्यक्ष नियुक्त
मंगलबार, भदौ २९, २०७८
Subscribe Newsletter
×