जेन-जी काे प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल (तस्विरहरू)

सोमबार, भदौ २३, २०८२

भ्रष्ट्राचार र सामाजिक प्रतिबन्धको विरोधमा प्रदर्शनमा उत्रिएका जेन-जीले बानेश्वरतर्फको निषेधित क्षेत्र तोडेका छन् । यहाँ प्रहरीले ब्यारीकेड राखेर निषेधित क्षेत्र छुट्याएको थियो । तर प्रदर्शनकारीहरूले धकेलाधकेल गर्ने क्रममा ब्यारीकेड तोडेका हुन् । भीड नियन्त्रण गर्न प्रहरीले पानीको फोहरा प्रहार गरेको छ । त्यसक्रममा प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल भएको छ भने उनीहरूले प्रहरीलाई कागज, सडकमा भेटिएका रुखका हाँगाका टुक्रा, पानीका बोत्तलले प्रहार गरेका छन्। प्रदर्शनकारीहरूले सरकारविरुद्व विभिन्न नाराबाजी गरिरहेका छन् ।

Photo-(15)(1)-1757313691.jpg
Photo-(12)(1)-1757313695.jpg
Photo-(10)(1)-1757313702.jpg
Photo-(1)(1)-1757313705.jpg
 

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  १२:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार