सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । जेन–जी पुस्ताको गत सोमबारको प्रदर्शनमा सरकारले दमन गरी १९ युवाको हत्या गरेसँग स्थिति नियन्त्रण गर्न काठमाडौं उपत्यकामा लगाइएको निषेधज्ञा र कर्फ्यु हटेको छ । विगत ६ दिनदेखि लाग्दै आएको निषेधाज्ञा र कर्फ्यु आज बिहानदेखि हटेको हो । नेपाली सेनाले भदौ २४ गतेदेखि सूचना जारी गर्दै निषेधाज्ञा र कर्फ्युको विषयमा जानकारी दिँदै आएको थियो । निषेधाज्ञा र कर्फ्यु हटेसँगै काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बन्न थालेको छ। काठमाडौँ उपत्यकासँगै देशका विभिन्न जिल्लामा लाग्दै आएको निषेधाज्ञा र कर्फ्यु पनि आज बिहानदेखि हटेको छ । जेन जी आन्दोलन उत्कर्षमा पुगेपछि भदौ २३ गते दिउँसोदेखि स्थानीय प्रशासनले काठमाडौँ उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा र कर्फ्यु जारी गरेका थिए । जेनजी आन्दोलनको भावनाअनुसार गएराति राष्ट्रपति रामचन्द्र पौडेलले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै मुलुकको जनजीवन सामान्य उन्मुख बन्न थालेको हो ।