सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । म शिवांग दत्त, एक जेन–जी युवा, हिजो सुरु भएको माइतीघरदेखि बानेश्वर हुँदै संसद भवन अगाडिसम्मको शान्तिपूर्ण प्रदर्शनलाई आफ्नै आँखाले नियालेको व्यक्ति हुँ । हिजोको दिन हाम्रो आन्दोलन शान्तिपूर्ण थियो। सबै जना नारा लगाउँदै, कुनै उग्रता बिना, केवल भ्रष्टाचारविरुद्धको आवाज बुलन्द गर्दै अघि बढिरहेका थियौं। तर जब भिड संसद भवन अगाडि पुग्यो, त्यतिबेलै प्रहरीले निर्मम दमन सुरु गर्यो । पहिला अश्रुग्यास प्रहार भयो, जसको प्रत्यक्ष शिकार म स्वयं पनि भएँ। त्यसपछि, मेरो आँखै अगाडि, एक जना कलेज ड्रेस लगाएका भाईलाई प्रहरीले मुखमै गोली हान्यो। त्यो क्षण मेरो जीवनकै सबैभन्दा पीडादायी दृश्य बन्यो। आन्दोलनलाई उग्र बनाउन प्रहरी प्रशासन आफैंले घुसपैठ गराएको स्पष्ट देखिन्थ्यो, र त्यसकै परिणामस्वरूप दर्जनौं साथीहरूले अकालमै ज्यान गुमाउनु पर्यो । प्रहरीले गल्ली गल्ली छिरेर गोली र अश्रुग्यास प्रहार गरिरहेको थियो। मैले आफ्नो अफिसबाट खिचेको भिडियोमा स्पष्ट देखिन्छ—एक जना भाई जो केवल भिडियो खिच्दै थिए, उनलाई प्रहरीले लछारपछार गर्दै तानेर लग्यो । आखिर त्यो युवा को के गल्ती थियो र ज्यान गुमाउन ? देशलाई बचाउन अब बोल्न नपाइने ? यो नेताहरुलाई सर्वोच्च पदमा राखी राख्न के सधैं हामीले ज्यान दिनुपर्ने ? अब होइन। अब पालो युवाको हो । यी सबै भ्रष्ट नेताहरुलाई देश छोड्नै पर्छ । यो केवल दमन मात्र होइन, यो नरसंहार हो । हिजैदेखि मैले संयुक्त राष्ट्रसंघ, विभिन्न अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरुलाई ईमेल गरी, यस सरकारको यो अपराधप्रति गम्भीर हुन र जेन-जी युवाको साथमा उभिन आग्रह गरिसकेको छु । - दत्त एक–जेनजी युवा हुन् ।