गृह मन्त्रालयको काम अब पूरानो परराष्ट्रको भवनबाट

सोमबार, भदौ ३०, २०८२

काठमाडौं । हालको लागि गृह मन्त्रालयलाई पुरानो परराष्ट्र मन्त्रालयको भवनमा सार्ने काम भइरहेको छ । भदौ २४ गते भएको जेनजी प्रदर्शनकारीहरूले सिंहदरबारमा आगजनी गर्ने क्रममा गृह मन्त्रालय पनि जलेर ध्वस्त भएको थियो । त्यहाँबाट काम गर्न सकिने जस्तो अवस्था नभए पछि बन्द रहेको पुरानो परराष्ट्र मन्त्रालयबाट गृह मन्त्रालयको काम कारबाही अगाडि बढाउन लागिएको हो । हाल पुरानो परराष्ट्र मन्त्रालय सरसफाई गरी सामान सार्ने काम भईरहेको छ । नयाँ अन्तरिम सरकारमा गृहमन्त्रालयको जिम्मेवारी ओमप्रकाश अर्यालले पाएका छन् । 

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  १३:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार