काठमाडौं उपत्यकामा आजदेखि विद्यालयहरू पुनः सञ्चालनमा 

सोमबार, भदौ ३०, २०८२

काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि विद्यालयहरू पुनः सञ्चालनमा आएका छन् । जेनजी समूहको आन्दोलनका कारण भदौ २३ गतेदेखि बन्द रहेका विद्यालयहरू सुरक्षा अवस्था केही सहज भएपछि आजबाट पुनः खुल्न थालेका हुन् । गत हप्ता काठमाडौंलगायतका शहरी क्षेत्रमा जेनजी समूहको आन्दोलन उग्र बनेपछि सुरक्षा निकायको सिफारिसमा विद्यालयहरू बन्द गर्नुपर्ने अवस्था आएको थियो । अभिभावक र शिक्षकहरूमा चिन्ता बढेपछि शिक्षण संस्थाहरूले केही दिनका लागि पठनपाठन स्थगित गरेका थिए । काठमाडौं जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै परिस्थिति सुधारिएको भन्दै विद्यालयहरू पुनः सञ्चालन गर्न सकिने जानकारी दिएको छ । यससँगै अधिकांश निजी तथा सरकारी विद्यालयहरूले आजबाट नियमित कक्षाहरू सञ्चालन गरेका छन् ।

546704603_790915817183058_439607641179545309_n-1757910426.jpg
 

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  १०:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार