सबै बीमा कम्पनीका कार्यालय सञ्चालनमा ल्याउन बीमा प्राधिकरणको निर्देशन

आइतबार, भदौ २९, २०८२

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आज (आइतवार) देखि सबै बीमा कम्पनी र तिनका सबै शाखा कार्यालय सञ्चालनमा ल्याउन निर्देशन दिएको छ । प्राधिकरणले केही जेनजी आन्दोलनका कारण सिर्जना भएका विषम परिस्थितिहरू सामान्य हुँदै गएकाले कार्यालय सञ्चालन गर्न अनुमति दिएको हो । प्राधिकरणले भौतिक रूपमा कार्यालयमा उपस्थित भएर काम गर्न समेत निर्देशन दिएको छ । यसअघि प्राधिकरणले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन र प्रदर्शनका क्रममा भएको क्षतिको बीमा दावी भुक्तानीलाई सहज र सरल बनाउन पनि आदेश जारी गरिसकेको थियो । साथै प्रशासनले कफ्र्यू र निषेधाज्ञा हटाइरहेका कारण अब बीमा कम्पनीहरू नियमित रुपमा सेवा दिन सक्नेछन् ।

प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२  १२:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार