जेनजी आन्दोलनमा सहभागी बाजुराका बुढा मृत फेला 

शनिबार, भदौ २८, २०८२

बाजुरा । जेनजी आन्दोलनमा सहभागी बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–२ सुपानाका २३ वर्षका ओजन बुढा मृत फेला परेका छन् । ४ दिनदेखि सम्पर्कविहीन रहेका उनी शुक्रबार दिउँसो काठमाडौंस्थित बि एण्ड बि अस्पतालमा मृत भेटिएका हुन् । कक्षा १२ मा अध्ययनरत उनी काठमाडौंको चाबहिलमा बस्दै आएका थिए । उनको फोन अफ भएपछि खोजी गर्दा पनि सम्पर्कमा आएका थिएनन् । यही भदौ २३ गते काठमाडौंमा जेन–जी युवाहरूको आन्दोलनमा उनी सहभागी भएका थिए । आफन्तहरूले दिनभर खोजी कार्य गर्दा उनी शुक्रबार दिउँसो अस्पतालमा मृत भेटिएको पारिवारिक स्रोतले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ २८, २०८२  ११:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार