एनपीएल : काठमाडौं गोर्खाज बलिङमा

शुक्रबार, कात्तिक २७, २०८३

काठमाडों । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल को आजको पहिलो खेलमा अहिले काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स भिड्दैछन् ।  कीर्तिपुर मैदानमा काठमाडौंले टस जितेर बलिङ रोजेको छ । काठमाडौं र सुदूरपश्चिम समान ८ अंकसहित तालिकाको दोस्रो र तेस्रो स्थानमा रहेका छन्। यी दुई टोलीबीचको विजेताले शीर्ष ४ तथ प्लेअफमा स्थान पक्का गर्नेछ । आजै साँझ ५ बजे हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज आमनेसामने हुनेछन् ।  जनकपुर र चितवनलाई पनि प्लेअफ दौडमा रहिरहन आजको खेल जित्नैपर्ने दबाब छ । २ खेल बाँकी रहेको चितवनलाई अबका खेलमा जितको विकल्प छैन भने अन्तिम खेल खेल्न लागेको जनकपुरलाई जितसँगै अन्य टोलीको नतिजामा समेत निर्भर हुनुपर्ने अवस्था छ । चितवनको ५ खेलबाट ५ अंक छ।५ खेलबाट ४ अंकमात्र जोडेको जनकपुरलाई अबको जितले ६ अंकमा पुर्‍याउने छ। प्लेअफका लागि भने अन्य टोलीको भर पर्नुपर्नेछ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २७, २०८३  १२:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार