एनपीएल : चितवनका मिशाराले बनाए नयाँ रेकर्ड, शतकसँगै उच्च स्कोर

बुधबार, मंसिर २, २०८३

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको एनपीएलमा दोस्रो शतक प्रहार भएको छ । चितवन राईनोजका कामिल मिशारालेले काठमाडौं गोर्खाजकाविरूद्ध शतक प्रहार गरे । उनले ५३ बलमा ८ छ्क्का र ४ चौकाको मद्दतमा शतक पूरा गरे । जारी एनपीएलमा शतक हिर्काउने उनी दोस्रो खेलाडी समेत बने । यसअघि पोखरा एभेन्जर्सका युवराज सामराले शतक बनाएका थिए । सामराले कर्णाली याक्सविरुद्ध ४५ बलमा शतक पुरा गरेका थिए । एनपीएल इतिहासको यो पाचौं शतक हो, जसमा तीन पोखराका खेलाडीको नाममा छ ।  पहिलो संस्करणमा पोखराकै एन्ड्रेज हाउसले ५४ बलमा शतक पुरा गरेका थिए । उनले सो खेलमा अविजित १ सय ४ रन बनाएका थिए । दोस्रो संस्करणमा पोखराकै एडम रोसिङटनले कर्णाली याक्सविरुद्ध नै ५४ बलमा शतक बनाएका थिए, उनले सो खेलमा ५८ बलमा अविजित १ सय ८ र बनाएका थिए । गत संस्करणमा नै कर्णालीका मार्क वाटले लुम्बिनी लायन्सविरुद्ध ४१ बलमै शतक पुरा गरेका थिए, जुन एनपीएलमा सबैभन्दा कम बलमा बनेको शतकको कीर्तिमान हो । वाटले सो खेलमा ४४ बलमा अविजित १ सय १४ रन बनाएका थिए । १ सय १४ रन नै वाटको नाममा एकै खेलमा सर्वाधिक बढी रन बनाउने खेलाडीको रेकर्ड समेत छ ।

प्रकाशित मिति: बुधबार, मंसिर २, २०८३  १९:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार