सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले फाइनलमा स्थान पक्का गरेको हो । सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । लुम्बिनीको जितमा नटआउट रहेका नीरोज़न डिकवेलाले ३७ बलमा ५९ रन बनाए । रोहित पौडेलले २१ र दिलीप नाथले अविजित १० रनको योगदान दिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०५ रन बनाएको थियो । उसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५२ र इशान पाण्डेले २७ रन बनाए । लुम्बिनीका रुबेन ट्रम्पलम्यानले २ तथा शेर मल्लले २ विकेट लिए । अभिषेक गौतम र किशोर महतोले समान १ विकेट हात पारे । अघिल्लो संस्करणको विजेतासमेत रहेको लुम्बिनीले यस जितसँगै फेरि उपाधि रक्षा गर्ने होडमा रहेको छ ।