सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । ओपनर कमिल मिसाराको शतक र कप्तान रवि बोपाराको अर्धशतकमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को एलिमिनेटरमा काठमाडौ गोर्खाजलाई २ सय ५ रनको विशाल लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तरष्ट्र्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय ४ रनको विशाल योगफल बनाएको छ। जारी एनपिएलमा बनेको यो तेस्रो ठूलो योगफल हो । यसअघि लिग चरणमा पोखरा एभेन्जर्सले काठमाडौविरुद्ध २ सय २४ र कर्णाली याक्सविरुद्ध २ सय १७ रनको बनाएको थियो । आज तेस्रो विकेटका लागि मिसारा र कप्तान रवि बोपाराले १ सय ५४ रनको साझेदारी गरेपछि चितवनले विशाल योगफल तयार पारेको हो । ओपनर मिसाराले ५९ बलमा १० छक्का र ५ चौकासहित नटआउट सर्वाधिक १ सय २० रन बनाए । यो एनपिएल इतिहासमा व्यक्तिगत सर्वाधिक स्कोर हो । गत सिजन कर्णालीका मार्क वाटले लुम्बिनी लायन्सविरुद्ध नटआउट १ सय १४ रनमा बनाए थिए । मिसाराले ५३ बलमा ४ चौका र ८ छक्का सहयोगमा शतक पूरा गरे। जारी एनपिएलमा शतक पूरा गर्ने उनी दोस्रो खेलाडी हुन् । यसअघि पोखराका युवराज साम्राले कर्णालीविरुद्ध शतक पूरा गरेका थिए । कप्तान रविले करियरको ५ सयौँ खेलमा अर्धशतक पूरा गरेका हुन् । उनी ४२ बलमा ३ चौका र २ छक्का सहयोगमा ५३ रन बनाउँदा रसिद खानको बलमा बोल्ड भए । अर्का ओपनर देव खनाल १७ रन बनाउँदा करण केसीको बलमा रासिद खानबाट क्याच आउट भए। । डेविड मलान विना रन पेभेलियन फर्के । विवेक यादवले ८ रन बनाउँदा रासिद खानको बलमा सोनु देवकोटाकोबाट क्याच आउट भए । काठमाडौका लागि करण र रासिदले समान २ विकेट लिए । आजको खेको विजेताले भोलि सुदूरपश्चिम रोयल्ससँग दोस्रो क्वालिफायर खेल्नेछ । हिजो पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै लुम्बिनी फाइनलमा पुगेको थियो ।