एनपीएलबाट बाहिरियो काठमाण्डु गोर्खाज

बुधबार, मंसिर २, २०८३

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को एलिमिनेटरमा चितवन राइनोजले काठमाण्डु गोर्खाजलाई ६१ रनले पराजित गरेको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले दिएको २०५ रनको लक्ष्य पछ्याएको काठमाण्डुले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४३ रन मात्रै बनाउन सक्यो । काठमाण्डुका लागि भीम सार्कीले सर्वाधिक ३० रन बनाए । विलियम बोसिस्टोले ३७, सहान आराचिगेले २४, राशिद खानले १२ र सन्तोष यादवले १० रन जोडे । चितवनका रिजान ढकालले चार, उसामा मिरले तीन तथा सलाहुद्दिन खान र कुशल मल्लले एक–एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०४ रन बनाएको थियो । चितवनका लागि कमिल मिशाराले विस्फोटक ब्याटिङ गर्दै ५९ बलमा अविजित १२० रन बनाए । उनले पाँच चौका र १० छक्का प्रहार गरे । यस्तै कप्तान रवि बोपाराले ४२ बलमा ५३ रन जोडे । देव खनालले १७ र विवेक यादवले आठ रन बनाए । काठमाण्डुका करण केसी र राशिद खानले समान दुई विकेट लिए ।
यस जितसँगै चितवनले फाइनलमा पुग्ने अवसर कायम राखेको छ भने काठमाण्डुको एनपीएल यात्रा समाप्त भएको छ । 

प्रकाशित मिति: बुधबार, मंसिर २, २०८३  २०:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार