Tihar Banner
Tihar Banner

इलाममा असिना पानीले पाक्न लागेको धानबालीमा क्षति

बुधबार, कात्तिक २५, २०८३

इलाम । इलाम जिल्लाका विभिन्न क्षेत्रमा पानीसँगै परेको असिनाले पाक्नै लागेको धानबालीमा क्षति पु¥याएको छ । असिनाका कारण धान भित्र्याउने तयारीमा रहेका किसान चिन्तित बनेका छन् । जिल्लाका विभिन्न स्थानमा परेको असिनाले धानबालीमा क्षति पु¥याएको किसानहरूले बताएका छन् । अलैँचीलगायत अन्य बालीका लागि असिना वर्षाले केही राहत पुगे पनि पाक्नै लागेको धानबालीमा भने नोक्सानी भएको उनीहरूको भनाइ छ । लामो समयको मेहनतपछि भित्र्याउने अवस्थामा पुगेको धानबाली असिनाले क्षति पु¥याएपछि किसानहरू निराश बनेका छन् । धान काट्ने र भित्र्याउने तयारीमा रहेका किसानलाई असिना वर्षाले थप समस्या सिर्जना गरेको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २५, २०८३  १६:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार