सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । भाइटीकाकै दिन आज काठमाडौंमा असिनासहित भारी वर्षा भएको छ। भाइटीका लगाउने र टीका थाप्न जाने तयारीमा रहेका सर्वसाधारणलाई वर्षाले प्रभावित बनाएको छ।वर्षासँगै परेको असिनाले उपत्यकाको मौसम चिसिएको छ।जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। विभागले बुधबार दिउँसो बागमती प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेको थियो।