सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । मोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा पहिलो जित निकालेको छ । आजको पहिलो खेलमा जनकपुरले काठमाडौ गोखार्जलाई ८ विकेटले हराउँदै दोस्रो खेलमा पहिलो जित हासिल गरेको हो । जनकपुर पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो। काठमाडौले भने हारबाट एनपिएलको सुरुवात गरेको छ । काठमाडौले दिएको १ सय १६ रनको सामान्य लक्ष्य जनकपुरले १७।२ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो । तेस्रो विकेटका लागि मोइन र सैफ हसनले ७९ रनको अविजित साझेदारी गरेपछि जनकपुरले सहजै लक्ष्य भेट्टाएको हो । मोइन ५१ बलमा ३ चौका र ३ छक्का सहयोगमा ५८ रनमा अविजित रहे। सैफले ३९ बलमा १ चौका र ३ छक्का हान्दै ४० रनमा नटआउट रहे । ओपनर तृतराज दास ५ रनमा क्याच आउट भए । मयन यादव ९ रनमा रन आउट भए। काठमाडौका लागि रिपोन मण्डनले समान एक विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमाडौ ३ बल अगावै १ सय १५ रनमा अलआउट भयो । एनपीएलको पहिलो सिजनमा पनि काठमाडौ जनकपुरसँग १ सय १ रनमा रनआउट भएको थियो। शीर्षक्रमका ब्याटरहरु लामो समय क्रिजमा टिक्न नसक्दा काठमाडौका लागि मध्यक्रमका ब्याटर भिम सार्कीले इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए। उनले २९ बलमा ४ चौका सहयोगमा ३३ रन बनाउँदा ललित राजवंशीको बलमा विकेट किपर कुशल परेराबाट आउट भए । रासिद खान १७ रन बनाउँदा मोइन अलीको बलमा क्याच आउट भए। ओपनर स्मित पेटल १३ रन बनाउँदा क्याच आउट नै भए । साम हेजलेट १, हरिशंकर शाह ९, जनादन खान ५, सुमित महर्जन १० रन थप्दै पेभेलियन फर्के। कप्तान करण केसी ८ रनमा क्याच आउट भए। आदिल आलम शुन्य रनमा नै एलबीडब्लु धरापमा परे । जनकपुरका लागि राहुल यादवले ४ विकेट लिए । उनले आफ्नो स्पेलमा ३१ रन खर्चे। ट्यालेन्ट हन्टबाट जनकपुरमा आएका राहुलले २ खेलमा ६ विकेट आफ्नो नाममा गर्न सफल भएका छन्। उनले आफ्नो ओभरको पहिलो बलमा नै विकेट लिन सफल भएका हुन् । सैफ हसनले २ विकेट लिए। किफायती बलिङ गरेका उनले आफ्नो स्पेलमा ११ रन खर्चेर २ विकेट आफ्नो नाममा गरे । मोइन अली, हरमित सिहं र ललित राजवंशीको नाममा समान एक विकेट रह्यो । आजै हुने दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किंग्स खेल्नेछन्। सो खेल साँझ ५ बजे सुरु हुनेछ। कर्णाली लगातार दोस्रो जितको खोजीमा हुँदा विराटनगर पहिलो जित निकाल्ने योजनामा हुनेछ ।