एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राई ५ लाख धरौटीमा रिहा

बुधबार, कात्तिक ११, २०८३

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई ५–५ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । ललितपुर जिल्ला अदालतमा बुधबार उपस्थित भएका दुवै जनालाई न्यायाधीश हरिसिंह धामीको इजलासले जनही ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । एन्फामा भएको भनिएको आर्थिक घोटालासम्बन्धी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरेपछि उनीहरूविरुद्ध मुद्दा चलाइएको थियो ।  मुद्दा दायर भएपछि दुवै जना अदालतमा उपस्थित भएका थिएनन्। बुधबार अदालतमा उपस्थित भएका नेम्वाङ र राईको थुनछेक बयानपछि अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

प्रकाशित मिति: बुधबार, कात्तिक ११, २०८३  २०:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार