एनपीएल : पोखराद्वारा सुदूरपश्चिमलाई १४६ रनको लक्ष्य 

बुधबार, कात्तिक ११, २०८३

काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को आजको खेलमा पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्र्तराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४५ रन बनायो । जसमा अर्जुन घर्तीले सर्वाधिक ४० र मेहदि हसनले ३२ रनको योगदान गरे । पोखराको यो प्रतियोगिताको पहिलो खेल हो । सुदूरपश्चिम दोस्रो खेल खेल्दैछ । पहिलो खेलमा लुम्बिनीसँग ७ विकेटले पराजित भएको थियो ।  गत सिजन पोखराले ६ अंकका साथ पाँचौ स्थानमा रहँदै प्रतियोगिता टुङ्गाएको थियो । यता, दुवै संस्करणको उपविजेता रहेको सुदूरपश्चिम यसपटक उपाधि जित्ने लक्ष्यमा छ ।  नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा कात्तिक ९ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक ११, २०८३  १९:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार