Dashain Banner
Dashain Banner

राजदेवी मन्दिरमा भक्तजनको भीड, साँझ ८ बजेदेखि बलि प्रदान गरिने

आइतबार, कात्तिक १, २०८३

जनकपुर । दशैंको आज आठौं दिन शक्तिपीठहरुमा श्रद्धालुभक्तजनहरुको भीड लागेको छ ।  यसै क्रममा जनकपुरधामस्थित राजदेवी मन्दिरमा हिजो राती १२ बजेदेखि नै प्रसाद चढाउने र खोँइच भर्ने महिलाहरुको भीड थामिनसक्नु छ ।  अन्य वर्षको तुलनामा यस वर्ष तिथीको हेरफेरका कारण दुई दिन प्रसाद चढाउने र खोइँच भराई कार्यक्रम भएको छ । यस अघिका वर्षहरुमा हजारौं श्रद्धालुभक्तजनले प्रसादी (लड्डु) चढाउने गरेकोमा यस वर्ष यो संख्या लाखभन्दा बढी पुगेको मन्दिरका व्यवस्थापन गर्ने श्री महावीर युवा कमिटिले जानकरी दिएको छ ।  कमिटिका पूर्वअध्यक्ष रोशन जयसवालका अनुसार दिउँसो २ बजेपछि प्रसाद चढाउने कार्यक्रम बन्द भई मन्दिरको सरसफाई सुरु हुनेछ । आजै बेलुका कालरात्री पूजा, निस्सा पूजा र ठेहा पुजा भई करिब ८ बजेदेखि बोकाबलि प्रदान सुरु हुने पूर्वअध्यक्ष जयसवालले बताए ।  उनका अनुसार अहिलेसम्म करिब ८ हजार भन्दा बढी बोकाबलीको रसिद विक्री भइसकेको छ भने रसिद काट्ने कार्य जारी छ । उनका अनुसार अनुमानित १० हजारभन्दा बढी बोकाबली प्रदान यस वर्ष हुनेछ ।

प्रकाशित मिति: आइतबार, कात्तिक १, २०८३  १५:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार