सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को औपचारिक मान्यता पाएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले कात्तिक ९ देखि मंसिर ५ गते (अक्टोबर २६ देखि नोभेम्बर २१) सम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना गर्ने एनपिएलको तेस्रो संस्करणलाई आईसीसीले मान्यता दिएको हो । क्यानका सचिव पारस खड्काले आज जारी गरेको प्रेस विज्ञप्तिमार्फत एनपिएलको तेस्रो संस्करणले आईसीसीको औपचारिक मान्यता प्राप्त गरेको जानकारी दिएका हुन् । आईसीसीको मान्यताले नेपाली क्रिकेटको विकास र विस्तारसँगै नेपालको घरेलु क्रिकेट प्रतियोगिताको अन्तर्राष्ट्रिय पहिचान थप मजबुत बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास क्यानले लिएको छ । क्यानले एनपिएललाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न निरन्तर सहयोग, समर्थन र सहकार्य गरेकोमा आईसीसीप्रति धन्यवाद तथा आभार व्यक्त गरेको छ ।