सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । चालु आर्थिक वर्षको दुई महिना (साउन र भदौ) मा ४ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष रेमिट्यान्स आप्रवाह २३.९ प्रतिशतले बढेको हो । गत वर्षको पहिलो दुई महिनामा रेमिट्यान्स ३३.१ प्रतिशतले बढेको थियो । मासिक रुपमा हेर्दा पनि भदौ २०८३ मा मात्र २ खर्ब २१ अर्ब ३१ करोड रेमिट्यान्स नेपाल आएको छ । गत आर्थिक वर्षको भदौमा १ खर्ब ७४ अर्ब ६७ करोड रेमिट्यान्स भित्रिएको थियो । गत भदौसम्म अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १३.५ प्रतिशतले वृद्धि भई २ अर्ब ८५ करोड पुगेको छ । गत वर्ष यस्तो आप्रवाह २७.६ प्रतिशतले बढेको थियो । चालु आर्थिक वर्षको दुई महिनामा वैदेशिक रोजगारीका लागि ७८ हजार ३ सय २० जनाले अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँं) लिएका छन् । सोही अवधिमा ५२ हजार १ सय ६३ जनाले पुनः श्रम स्वीकृति लिएको तथ्यांक छ । गत आर्थिक वर्षको दुई महिनामा ९० हजार १ सय ९८ जनाले अन्तिम श्रम स्वीकृति र ४५ हजार ८ सय ८४ जनाले पुनः श्रम स्वीकृति लिएका थिए ।