जापानका लागि प्रस्तावित राजदूत थापाको नाम फिर्ता

सोमबार, कात्तिक १६, २०८३

काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जीज्ञान कुमार थापाले आफ्‌नो नाम फिर्ता लिएका छन् । ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’का कारण समितिको बैठकमा समिति सभापति बोध नारायण श्रेष्ठले प्रस्तावित राजदूत थापाले नाम फिर्ता लिएको सुनाए ।  थापाले संसदीय सुनुवाइ समितिमा पत्र पठाउँदै आफूले नाम फिर्ता लिएको सभापति श्रेष्ठले बैठकमा जानकारी गराएका हुन् ।  सोमबार बसेको सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिको बैठकले जापानका लागि प्रस्तावित राजदूत थापाको सम्बन्धमा छलफल हुँदा फिर्ता लिएको कुरा जानकारी गराइएको हो ।  २०८३ असोज २८ गते प्रस्तावित राजदूतको संसदीय सुनुवाइ भएको थियो । नियुक्तिका लागि सिफारिस १३ मध्ये १० राजदूतको नाम मात्र संसदीय सुनुवाइ समितिले सो दिन अनुमोदन गरेको थियो ।

प्रकाशित मिति: सोमबार, कात्तिक १६, २०८३  १८:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार