सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । भारतका विदेश सचिव विक्रम मिस्री नेपालको दुई दिने भ्रमणमा आउन लागेका छन् । सोमबार परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गरी भारतीय विदेश सचिव मिस्रीको नेपाल भ्रमणबार जानकारी दिएका छन् । परराष्ट्र मन्त्रालयले जारी गरेको सूचनामा विदेश सचिव मिस्री कात्तिक १८ गते नेपाल आउँदै छन्। उनी परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणमा दुई दिने औपचारिक भ्रमणका लागि नेपाल आउन लागेका हुन् । मिस्रीको भ्रमणका क्रममा परराष्ट्र सचिव राईसँग भेटवार्ता हुनेछ। त्यस्तै, नेपाल–भारत सम्बन्धका समग्र आयामको समीक्षा र दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल हुने जनाइएको छ । नेपाल भ्रमणका क्रममा मिस्रीले उच्च पदस्थ अधिकारीहरूसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। उनी कात्तिक १९ गते दिल्ली फिर्ता हुनेछन्।